डोल्पोबुद्धको ‘धो’बाट कर्मचारी हेलिकोप्टरमा उद्धार हुँदै

सुर्खेत, १३ जेठ ः डोल्पोबुद्ध गाउँपालिका डोल्पामा कार्यरत उद्यम विकास सहजकत्र्ता गोविन्द कुमार विकलाई धोबाट हेलिकोप्टरमा उद्धार गर्ने तयारी थालिएको छ । स्थल मार्गबाट अस्पताल सम्म ल्याउनका लागि सम्भावना नभएपछि पालिकाकै पहलमा नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धारको तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम देबकोटाले बताउनुभयो ।

दुर्गममा काम गरिरहेका कर्मचारीलाई बिरामी हुन बित्तिकै तत्काल उद्धार गर्न मुस्किल भएपछि हेलिकोप्टरको सहारा लिनुपरेको हो । धो बाट डोल्पाको सदरमुकाम दुनै आउन दुइ दिन हिडनु पर्ने भएपछि हेलिकोप्टरको सहारा लिनु परेको छ । बिरामीको अवस्थाको अत्यन्तै चिन्ताजनक भएका कारण जतीसक्दो छिटो उद्धार गर्नुपर्ने स्वास्थ्यकर्मीले बताएका छन् ।

उपल्लो डोल्पामा काम गर्ने अधिकांश कर्मचारी वर्षेनी बिरामी हुँदा हैरानी हुँदै आएको छ । जेठ १२ गतेबाट बिरामी भएका विकको अवस्था अहिले झन झन बिग्रदै गएको छ । उद्धार हुन ढिला भएमा बिरामीको ज्यान जान सक्ने सम्भावना रहेको अधिकृत देवकोटाले बताउनुभयो । विक करिव एक वर्ष ५ महिना देखि डोल्पोबुद्धमा कार्यरत छन् ।





error: Content is protected !!