रुकुम पश्चिमको दुलिमा जिप दुर्घटना

रुकुम पश्चिम / रुकुम पश्चिमको बाफिकोट गाउँपालिका ८, दुलीको मैत्याखोलामा बिहीबार बिहान जिप दुर्घटनामा परेको छ ।

सानीभेरी गाउँपालिका ५, हाँसुबाट सदरमुकाम खलंगातर्फ आउँदै गरेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार अहिले दुर्घटनास्थलमा प्रहरी पुगिसकेको छ । उनका अनुसार जिपमा सवार दुई जनाको मृत्यु भएको तर त्यसको पुष्टि भइसकेको छैन ।

दुर्घटनास्थलबाट प्रहरीले घाइतेको उद्धार गरिरहेको छ । करिब १५ जना सवार जिप सडकबाट ४ सय मीटर तल खसेको बताइएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ ।





error: Content is protected !!