पूर्व अर्थमन्त्री जनार्दन शर्माद्धारा भेरी करिडोरको अनुगमण

जाजरकोट ःपूर्व अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले भेरी करिडोरको सडक अनुगमण तथा निरीक्षण गर्नुभएको छ ।
त्रिदेशीय महत्व बोकेको उक्त सडक निर्माणको अवस्था र जनगुनासो सुन्न शर्मा अनुगमणमा निस्किएको बताउनुभयो । भेरी करिडोरमा निर्माणधिण बेलिब्रिज पुल खसेको विषयमा समेत निरिक्षण हुने उहाँले बताउनुभयो । करिडोर भित्र पुलको ठेक्का लागेपनि काममा प्रगती नभएको विषयमा समेत चाँसो ब्यक्त गर्नुभएको छ । क्याराभान निर्माण सेवाले पुलको ठेक्का लिएर कामको सुरुवात नगरेको गुनासो भारी मात्रामा उठेपनि भेरी करिडोर कर्मचारी सहित अनुगमणमा जुटेको शर्माले बताउनुभयो ।


एति बिल्ड्रसले जाजरकोटको पासागाड देखि तल्लु सम्म पिचको ठेक्का लिएर काम जारी राखेको छ । सोही सडकमा पुलको ठेक्का लिएको क्याराभानका चन्द्र थकालीले काम नगर्दा समस्य बनाएको भन्दै चर्को आलोचना समेत भएको छ । त्यस्तै भेरी नगरपालिकाको मटेलामा निर्माण गर्ने भनिएको बेलिब्रिज पुलको सम्भावित ठाउँको अवलोकन गरिएको छ । जतिसक्दा छिटो हुने र काममा परिणाम निस्कने गरी काम गर्न शर्माले निर्देशन दिनुभएको छ ।





error: Content is protected !!