कर्णाली ः चैते दशैंमा पनि छुट्टी, यी हुन् यस वर्षका सार्वजनिक विदा

सुर्खेत ः कर्णाली प्रदेश सरकारले कर्णालीका १० वटै जिल्लामा लागू हुने गरि ६ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयले आज ९सोमबार० प्रदेश राजपत्रमा एक सूचना जारी गर्दै सो जानकारी दिएको हो।
प्रकाशित सूचनाअनुसार जुम्लाबाहेक ९ जिल्लामा असार १५ गते तथा जुम्लामा चैत १२ गते राष्ट्रिय धान दिवसको अवसरमा विदा दिइने भएको छ।
साउन १ गते साउने संक्रान्ति तथा देउडा पर्व, भदौ ४ गते प्रदेश स्थापना तथा शहीद दिवस, चैतै दशैं र राम नवमीमा सरकारले प्रदेशभरि नै विदा दिने भएको हो।
असोज कृष्ण त्रयोदशीमा जुम्ला जिल्लाका प्रादेशिक र स्थानीय तहका कार्यालयका लागि चन्दननाथ मन्दिरको लिङ्गो बोक्ने मेलाका अवसरमा विदा दिइने भएको छ।










