डोल्पामा ६९ बोरा अबैद्य जटामसी बरामद

सुर्खेत ः  अबैद्य रुपमा घरमा लुकाईछिपाई राखिएको अवस्थामा ६९ बोरा जटामसी डिभिजन वन कार्यालय डोल्पाले बरामद गरेको छ ।
ठूलिभेरी नगरपालिका–३ धुपिचौरस्थित माटाको एकतले घरमा लुकाईछिपाई राखिएको ६९ बोरा झण्डै पच्चिससय केजी बराबरको जटामसी बरामद गरिएको डिभिजन वन कार्यालय डोल्पाले जनाएको छ ।
शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज कार्यालय सुलिगाड र डिभिजन वन कार्यालयको संयुक्त गस्ति टोलीले लुकाईछिपाई राखिएको जटामसी बरामद गरेर नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालयका प्रमुख महेश कमाईले जानकारी दिए ।
संकटापन्न वन्यजन्तु तथा बनस्पतिको अन्तराष्ट्रिय व्यापार नियन्त्रण ऐन २०७३ बमोजिम अनुसन्धान तहकिकात भई चोरीनिकासीमा कानुनी कारवाही गरिने प्रमुख कमाईले बताए।
उहाँका अनुसार कसले कुन बनवाट खरिद गरेर ल्यायो कसरी लुकाईछिपाइ गर्यो भन्ने कुरा अनुसन्धान भईरहेको छ ।





error: Content is protected !!