बारेकोटका जंगलमा चोरी निकासी रोक्न क्यामेरा जडान गरिर्दै

जाजरकोट ः बारेकोट गाउँपालिका भित्रका सामुदायिक जंगलमा क्यामेरा जडान गर्न लागिएको छ । विश्वकै दुर्लभ वन्यजन्तु बारेकोटका जंगलमा पाईने र चोरी सिकारी बढेकोले रोकथामका लागि क्यामेरा जडान गर्न लागिएको हो । बारेकोट गाउँपालिकाले १२ वटा क्यामेरा जडान गर्न लागिएको गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरीले बताए । उक्त कार्यलाइ रेडपाण्डा नेटवर्कले समेत सर्पोट गरेको छ ।
विश्वमै दुर्लभ मानिएका रेडपाण्डा, चिर कालिज, सुनगिद्ध, कस्तुुरी लगायतका जीवजन्तुहरु बारेकोटका सामुदायिक जंगलमा पाईन्छन् । चोरी सिकारी नियन्त्रण, रेडपाण्डाको संरक्षणमा टेवा पुग्ने हेतुले क्यामेरा जडान गर्न लागेको अध्यक्ष गिरीले बताए ।
यो बर्ष भित्रै बारेकोटका विभिन्न जंगलमा क्यामेरा जडान गर्ने योजना बनाएका छौं, उनले भने, ‘चोरी शिकारी रोक्नका लागि क्यामेरा जडान गरिनेछ ।’ रेडपाण्डा संरक्षणका गाउँपालिकाको मूखय उदेश्य रहेको समेत उनले बताए । पछिल्लो समय रेडपाण्डा संरक्षणका स्थानीय समेत जुटेका छन् । यूवाहरुलाइ परिचालन तथा रेडपाण्ड बारे जानकारी गराइ यूवा जनशक्ति परिचालन गरिएको बताएको छ ।



