लघुवित्त विरुद्ध प्रर्दशन ः एनआईसीको बोर्ड तोडियो, प्रहरी कार्यालय घेराउ

जाजरकोट ः जाजरकोट खलंगामा रहेको एन।आईसी लघुवित्त कार्यालयको साईन बोर्ड तोकिएको छ । बुधबार खलंगामा लघुवित्त विरुद्धको प्रर्दशनमा उत्रिएका महिलाहरुले लघुवित्तको कार्यालयमा रहेको साईन बोर्ड तोडेका हुन् । महिला दिदीबहिनीहरुलाई भम्रमा पारी चर्को ब्याजदर असुली उठिबास लगाउने, कति परिवारमा पारिवारिक सम्बन्ध समेत विगारेको भन्दै महिलाहरुले आक्रोशमा आई साइन बोर्ड तोडेका हुन् ।

मिटरब्याजीलाई कारवाही गर, एक प्रतिशत ब्याजदर लागु गर, लघुवित्त खारेज गर, ऋण मिनाह गर, विनासर्त रिहाई गर जस्ता नाराहरु लगाएर सदरमुकाममा प्रर्दशन गरिएको स्थानीय विपना चन्दले बताईन् । जाजरकोटका गाउँगाउँमा लद्युवित्तहरुले आतंक मच्चाएको, स्थानीयलाई उठिबास लगाएको जस्ता आरोप महिलाहरुले लगाएका छन् । चर्को ब्याजका कारण कतिपय परिवारको विच्चली भएकोले तत्काल सरोकारवालाहरुले सोच्नुपर्ने वेला आएको बताएका छन् ।

मंगलबार भेरी नगरपालिका ११ कटिगाउँका स्थानीयले लघुवित्तका एक कर्मचारीलाई कालोमासो दलेका थिए । त्यसैको आरोपमा नेत्र विक्रम चन्द विप्लव निकट जाजरकोटका केही नेताहरुलाई प्रहरीले गिरफ्तार समेत गरेको छ । जनताको आवाज उठाएको भन्दै महिलाहरुले तत्काल रिहाई गनुपर्ने माग समेत राखेका छन् । उनीहरुको समयमै रिहाईको माग गर्दै जिल्ला प्रहरी कार्यालय धेराउ समेत गरेका छन् । डिएसपी सन्तोष रोका सँग भेटघाट गरी समसामयिक विषयमा छलफल गर्न खोजेपनि ति महिलाहरुलाई प्रहरी भेट गर्न रोक लगाएको छ ।
डिएसपी सावको आदेश आएको छैन् भन्दै प्रहरीले महिलालाई भेट्न देखिएको छैन’ एक महिलाले भनिन्, ‘हामीले भेटेर लघुवित्तका विषयमा कुरा गर्न खोजेका थियो, डिएसपी सावले आदेश दिएको छैन्, तपाईहरु भित्र प्रवेश गर्न पाउनुहुदैन् भनेपछि फर्केर हामी आयौं ।’ अरुभन्दा नेकपाले पछिल्लो समय जनताको माग गरिरहेको छ, नेता तथा कार्यकर्तालाई तत्काल रिहाईको माग गरेका छन् । यता प्रहरीले दुव्र्यवहार गरेको र केही पैसा लुटपाट गरेको भन्दै नेकपाका पाँच जना नेता कार्यकर्तालाई गिरफ्तार गरी अनुसन्धान थालेको छ ।





error: Content is protected !!