जैविक विविधता संरक्षण योजना बनाउन परामर्श गोष्ठी

सुर्खेत ः राष्ट्रिय जैविक विविधता संरक्षण योजना तर्जुमाका लागि परामर्श गोष्ठी आयोजना गरिएको छ। विश्व जैविक विविधता संरक्षण लक्ष्य तीनअनुसार नेपालको जैविक विविधता संरक्षणको राष्ट्रिय योजना तयारी प्रक्रियाका लागि छलफल तथा सुझाव सङ्कलन गर्न गोष्ठी आयोजना गरिएको हो।

डिभिजनल वन अधिकृत मुनबहादुर रावतका अनुसार जैविक विविधता संरक्षण र व्यवस्थापनमा महत्व सुनिश्चित गर्नसमेत परामर्श गोष्ठी आयोजना गरिएको हो। वातावरण मन्त्रालयको आयोजना र वल्र्डवाइड फन्ड फर नेचर ९डब्लूडब्लूएफ०को समन्वयमा सुर्खेतमा शुक्रबार परामर्श गोष्ठी आयोजना गरिएको हो। गोष्ठीमा सरोकारवालाबीच जैविक विविधता संरक्षणका वर्तमान अवस्था, आवश्यकता, सवाल, बाधा अड्चन, अवसर तथा व्यवस्थापनको ढाँचाका बारेमा छलफल भएको थियो।

जैविक विविधता संरक्षणको सवालमा वनजङ्गल मात्रै जोडिने गरेकामा यसलाई व्यापक रूपमा बुझाउनुपर्ने सुझाव विज्ञहरूले दिएका छन्। कानुनी समस्या र नीतिगत झन्झटका कारण वन उपभोग गर्न नपाउँदा जैविक विविधता संरक्षणमा बेवास्ता हुने गरेको विज्ञहरूले सुझाव दिएका थिए।

जङ्गलमा मिचाहा प्रजातिका झार वृद्धि हुँदै जाँदा जैविक विविधता संरक्षणसमेत चुनौती देखिएको बताइएको छ। यसको संरक्षणसँगै प्राप्त हुने लाभलाई जोडियो भने सरोकारवालालाई अपनत्व अनुभूति भई संरक्षणमा सघाउ पुग्ने निष्कर्ष गोष्ठीको छ।

वन तथा वतावरण मन्त्रालयका प्रतिनिधि हेमलाल अर्यालले विश्व जैविक विविधता संरक्षण लक्ष्य तीनअनुरूप नेपालको समावेशी तथा प्रभावकारी जैविक विविधता संरक्षण राष्ट्रिय योजना तयारीका विषयमा जानकारी दिनुभएको थियो। उहाँले जैविक विविधता संरक्षणका लागि तोकिएका संरक्षित क्षेत्र र तीबाहेकका अन्य क्षेत्रको संरक्षणका लागि ओईसीएम अवधारणा लागू गर्ने योजना रहेको जानकारी दिनुभयो।





error: Content is protected !!