मेडिकल टिम सहितको आपत कालिन विपद व्यवस्थापन परियोजना लागू गरिदै

जाजरकोट ,८ फागुन ः तीन जिल्लाई लक्षित गर्दै मानव विकास तथा सामुदायिक सेवाले आपत कालिन विपद व्यवस्थापन परियोजना लागू गर्न लागेको छ । जाजरकोट ,सल्यान र रुकुम पश्चिम लाई लक्षित गर्दै सेवाले मेडिकल टिम परिचालन गर्ने भएको हो ।
मेडिकल टिम ६ जना सहित ११ जनाको समुहमा ख बर्गको एम्वुलेन्स परिचालन गरी विपद परेको ठाउँमा जुनसुकै समयमा जान सकिने गरी व्यवस्थापन गरिएको छ । सेवाले चौरजहारी अस्पताल सञ्चालन गर्दै आएको छ । अहिले जिल्ला विपद व्यवस्थापन समिति , स्थानीय तह , जिल्ला समन्वय समितिसँग सहकार्य गरेर सहमती गर्ने काम भइरहेको चौरजहारी अस्पतालका निर्देशक दिलबहादुुर गिरीले बताए । ख बर्गको एम्वुलेन्समा सबै मेडिकल सामग्री राखेर समस्य परेको ठाउँमा जान तयारी अवस्थामा रहेको समेत उनले बताए ।
चौरजहारी अस्पताल तीन जिल्लामा भारी उपचार मात्र होइन भरोसा समेत बटुल्दै आएको छ । बिभिन्न विपदको समयमा समेत साथ दिदै आएको चौरजहारी अस्पताले गाउँ ,गाउँमा शिविर समेत सञ्चालन गरी धेरै जनसाधारणको ज्यान समेत जोगाउदै आएको छ । आपद कालिन अवस्थामा हुने सेवा समेत यो अस्पताले सेवा दिदै आएको छ ।










