सन्सार उठाउन हुम्लाबाट काठमाडौँमा

 हुम्लाको यारी सन्सार कार्यालयमा रहेका कर्मचारीले उद्यारोमा मन्सार महसुल राख्ने गरेका छन् । चिनबाट आएका सामग्री बुझने व्यापारी हिल्सामा नआएपछि उद्यारोमा सामानको विवरण तयार गरेर उद्यारोमा राख्नु परेको हो । चिनले यारी नाका एकतफी खुलाएको छ । कार्यालय प्रमुख रामराज जैसी हिल्सामा पुगेर आयात भएको सबै सामानको विवरण र लाग्ने भन्सार दस्तुरको बिल काटे पनि रुपैयाँ असुल गर्न नसकेको बताएका छन् । हाल व्यापारी र निर्माण व्यवसायी सबै काठमाडौं रहेको कारण सो भन्सार महसुल असुल गर्न उनी बरु काठमाडौं पुगेका छन्।

सबै व्यापारीसँग उनको काठमाडौंमा सम्पर्कसमेत भइसकेको छ। चीनबाट आयात भएको सामानको भन्सार महसुल १० लाख रहेको र त्यसका एक लाख ८० हजार मात्र असुल भएको थियो भने आठ लाख बीस हजार रुपैयाँ असुल गर्न बाँकी छ। भन्सार दस्तुर असुल भएको सामानमा खाद्यान्न र लत्ताकपडाको मात्र छ।

असुल गर्न बाँकी रकम विकास निर्माण सामग्रीको रहेको छ। अब काठमाडौंमै असुल गरेर नगद जम्मा गरिने भएको छ। पुस १३, १७, १८ र २१ गते गरी चार पटक एकतर्फी रूपमा चीनले नाका खुलाएर सामान नेपाल पठाएको थियो।

जसमा ३४ गाडी सामान नेपाल भित्रिएको थियो। जसमा ११ हजार बोरा सिमेन्ट र तीन गाडी सरिया आयात भएको थियो। हिमपातले नारा लेकको सडक बन्द भएका कारण सो सामान पनि हिल्सामै थन्किएको छ।





error: Content is protected !!