चौँथो नगर स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधी जनता माविको कब्जामा

रुकुम पश्चिम ः आठबीसकोट नगरपालिका नगरस्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधी जनता माविले हात पारेको छ । वडा नम्वर ९ स्थित कालिका मावि सुन्दरपानीको खेल मैदानमा जारी सिल्डमा सहभागि १८ वटा विद्यालयलाई पछि पार्दै जनता माविले सिल्ड हात पारेको हो । गत फागुन २ गतेदेखि सुरु भएको चौथो राष्ट्रपति रनिङ सिल्ड आठबिसकोट नगरपालिकाले आयोजना गरेको हो ।

उक्त प्रतियोगितामा हिमालय मावि खदि सिल्डको उपविजेता बनेको छ ।आठबिसकोट १० र ३ मा रहेका जनता मावि र हिमालय मावि विजेता र उपविजेता बनेका हुन् । सिल्डमा पाँच स्वर्ण, तीन रजत र १ कास्य सहित जनता मावि प्रथम बनेको हो । भने चार स्वर्ण , दुई रजत र दुई कास्य पदक सहित हिमालय मावि दोस्रो बनेको हो । चार स्वर्ण एक रजत र एक कास्य सहित सोहि वडाको बालकल्याण मावि राडी तृतीय बनेको हो ।

एथ्लेष्टीक तर्फका सबै खेलहरु, महिला पुरुष भलिबल,ट्रिफल जम्प, लमजम्प, भाला हान्ने १ सय देखि ३ हजार मिटरसम्मका दौड, लगायतका खेलहरु सञ्चालन गरिएको आठबिसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले बताएका छन् ।सिल्डको कर्णाली प्रदेशका भौतिक पुर्वाधार उर्जा तथा जलस्रोत राज्य मन्त्री उर्मिला विश्वकर्माले उद्घाटन गरेका हुन् । खेल क्षेत्रको विकास र अतिरिक्त क्रियाकलाप प्रति विद्यार्थीको आकर्षण बढाउन सिल्ड आयोजना गरिएको युवा तथा खेलकुद समिता अध्यक्ष सन्देश विकले बताए ।

खेल मैदानकै अभाव र चुनौतीकै विच पनि चौथो राष्ट्रपति रनिङ सिल्ड सम्पन्न भएको कालिका माविका विधालय व्यवस्थापन समितिका अध्यक्ष कर्ण बहादुर बटालाले बताए । सिल्ड विजेतालाई आठबिसकोटका नगरप्रमुख द्वारा ट्रफि, प्रमाण पत्र र पुरस्कार प्रदान गरिएको छ । चारदिनसम्म चलेको सिल्डमा पालिका बाहेक छिमेकी स्थानीय तहका दर्शकहरुको पनि उपस्थिति रहेको ९ नम्वर वडा अध्यक्ष जनक बटालाले बताएका छन् । सिल्ड मंगलबार देखि आठबिसकोट नगरपालिकामा भएको थियो ।

शिक्षा, स्वास्थ्य सँगै खेलकुदको बिकास गरेर नागरिकलाई सामाजिक क्षेत्रमा अगाडि बढाउन पहल गरिने आठबीसकोटका शिक्षा अधिकृत ईन्द्र बिष्टले बताए । उनले हरेक बिद्यालयको गुणस्तरीय शिक्षाकालागि गरेको लगानी जस्तै खेल क्षेत्रको बिकासमा पनि लगानी गर्ने जानकारी दिए ।खेलबाट देश बिदेशमा चिनाउन सकिने भन्दै उनले युवा तथा बिद्यार्थीलाइ पनि खेलको अनुशासनमा बसेर खेल्न आग्रह गरेका थिए । कार्यक्रममा शिक्षा अधिकारी ईन्द्र बिष्ट सहितका कर्मचारी र जनप्रतिनिधि, प्रधानाध्यापकहरु समेतले खेल क्षेत्रलाई अझै बढाएर लैजानुपर्ने धारणा राखेका थिए ।





error: Content is protected !!