सत्य संकल्प

नलेखिएका कथाहरू कैयन छन
लेखीएका कथाहरू का पात्रहरू
को हुन अनि कताका हुन ।
मैलाई सोध्छौ भने
म वताउन तयार छु ।
लेखीएका गीत हरु धेरैछन
नलेखीका गीतहरु पनि त्यतीनै छन
संगितका रचइता को हुन ।
तिमि सुन्छौ भने
म भन्न तयार छु ।
मृत्युमा सहीछाप लगाए वरु
असत्य संग नडगेको मान्छे हुँ
पल पल मृत्यू संग लडीरहेछु वरु
सत्य बोल्न कस्ले रोक्छ र अव
पासबिक यातनाले नगलेको मान्छे हुँ म
झुट र बकवासको विपक्षमा
आफ्नै रगतले ल्याप्चे लगाएर
यथार्तताको पक्षमा कात्रो बाँधेर
आगोको गोलभित्र दुर्कियको हुॅ म
आगेकै कविता लेख्छु म
विद्रोहको अग्नी परिक्षामा जलीन त म
अरिसले कसरी पग्लिन्छु र
त्यसैले जिवनको गीत लेख्छु म
मेरै इतिहासको भ्रामक गजल लेखेर
आफ्नो छाला वचाउनेहरु
मेरो विरुद्धमा बोली वेच्नेहरू
मेरो विजयको ब्याज खानेहरुहो
तिम्रो कर्तुतको कथा लेख्नेछु म
हजारौ ब्यथालाई मलम लगाउने गरी
भ्रमजालहरु च्यात्नेछु म
तिमीले बङ्ग्याएको विरगाथा
सोझ्याएर संप्रेषण गर्ने छु म
साँचो बोल्दा जल्नु पर्छ भने
बरु जिउदो चिता आफै चढ्नेछु म
शहास सौर्य गाथा
बलेरै भएपनि
लेखेरै छोड्नेछु म
किन की कहर खायर
जहर पचाएको छु मैले
मलाई रक्त विषाक्त हुन मन्जुर छ
तर सत्यताको सतीशाल
दल्न दिन्न म
यथार्तता प्रतिको आस्था
गल्न दिन्न म
वकबासको बयान रोक्नै पर्छ
विरताको इतिहास लेख्न पर्छ ।
एकताको मुठी कस्न पर्छ
नयां संकल्प गर्न पर्छ ।

‍सत्य पहाडी – नेकपा ( माओवादी केन्द्र) को स्थायी कमिटि सदस्य हुनुहुन्छ ।





error: Content is protected !!