श्रीमतीले श्रीमानको हत्य गरेको शब जाजरकोटमा पाँच वर्ष पछि फेला

सुर्खेत ः भेरी नगरपालिका ६ की भद्रकला कामीले लाठीले हानेर आफ्नै श्रीमान काले कामीलाई हत्य गरेको पाँच वर्ष पछि घटना सार्वजानिक भएको छ ।

३० पुस २०७४ मा सिस्नेकी भद्रकला कामीले लाठ्ठिले हान्दा उनका श्रीमान् काले कामीको मृत्यु भएको प्रहरीले जनाएको छ । भद्रकलाले लाठ्ठिले हान्दा ४७ बर्सिया कामीको मृत्यु भएको कुरा पाँच वर्ष पछि खुलेको छ ।

भद्रकला कामी र उनका छोराहरू गोविन्द विक, तुल्सीराम विकले शव घर नजिकै शौचालयमा पुरिदिएको प्रहरील जनाएको छ । जाजरकोट प्रहरीले व्यापक अनुसन्धान बढाउँदा काले कामीको शव शौचालयमा पुरिएको अवस्थामा भेट्टाएको जाजकोटका डिएसपी सन्तोष निरौलाले बताए । उनका अनुसार शव शौचालयको खाडलमा पुरेको गोप्य सूचनाका आधारमा मंगलबार जाजरकोट प्रहरीले घटनास्थलमा पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली घटना स्थलमा पुगेर शौचालयको खाडल उत्खनन गर्दा काले कामीको शव भेटिएको थियो । काले कामीको पुरै दाँत सहितको खप्पर (टाउको), प्लास्टिकको डोरीले बाँधिएको ज्याकेट, पाइन्ट र सोही ज्याकेट पाइन्ट भित्र मानव कङ्गाल हड्डीहरू फेला परेको छ । भद्रकला र उनका छोरा तुल्सीराम विकलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान अगाडि बढाइरहेको छ । जाजरकोटमा आज प्रहरीले पत्रकार भेटघाट कार्यक्रम राखेर सार्वजानिक गरेको छ ।





error: Content is protected !!