माओवादीले पुरानालाई मन्त्रीमा नदोहोर्याउने

सुर्खेत ः नेकपा ( माओवादी केन्द्र)ले कर्णाली प्रदेशमा पुरानालाइ यो पटक मन्त्री नबनाउने भएको छ । प्रदेश इन्चार्ज कालीबहादुर मल्लले दिएको जानकारी अनुसार पुराना कसैलाई पनि मन्त्री नबनाउने निर्णय भएको छ ।
माओवादीबाट डोल्पाका बीरबहादुर सुर्खेतका विन्धमान विष्ट प्रदेशसभामा दोहोरिएका छन् । नयाँलाई मात्र मन्त्री बनाउने माओवादी भित्र सहमती भइसकेको छ ।
हिजो बिहीबार मात्र माओवादीबाट मुगुका मंगलबहादुर शाहीले विना विभागीय मन्त्रीको रुपमा मात्र सपथ लिएका छन् । मन्त्री मण्डल विस्तारका लागि छलफल जारी रहेको छ ।



