जाँदा जादै कर्णलीका मुख्यमन्त्रीले सार्वजानिक गरे , आफूले गरे कामको बयान

सुर्खेत ः जाँदा जादै कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफूले गरेका कामको फेरियस्ता सुनाएका छन् । उनले एक वर्षमा गरेको कामलाई खास उपलब्धी मान्दै कर्णाली संमृद्धि अभियानको आधार तयार गरेका बताएका छन् । एक वर्षको अवधिमा १७ किलोमिटर सडक कालोपत्रे गरेको छ। आफ्नो ४३५ दिने कार्यकालमा गरेका कामहरूको विवरण सार्वजनिक गर्दै सो कुराको जानकारी गराएका हुन् ।

उनका अनुसार ११३ किलोमिटर सडक ग्राभिल र ६२२ किलोमिटर कच्ची सडक निर्माण भएको छ। यो अवधिमा १३ वटा झोलुङ्ग पुल, ८ वटा सडक पुल निर्माण सम्पन्न भएका छन् । १ हजार ५७१ वटा जनता आवास र १०१ वटा विपन्नका घर निर्माण सम्पन्न भएका छन् । ७ वटा सडक आयोजनालाईबहुवर्षीयठेक्का सम्झौता गरी निर्माण गर्न अगाडि बढाइएको उनले बताए ।

karnali





error: Content is protected !!