६१ मेघावाटको हुम्ला कर्णाली जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन अन्तिम चरणमा
हुम्ला ः साढे दुुई वर्षदेखि अध्ययन हुँदै आएको हुम्ला कर्णाली जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन (इआईए) अन्तिम चरणमा पुुगेको छ। आयोजना निर्माण स्थलमा अध्ययन टोली पुुगेर आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनको स्थानीयसँग सार्वजनिक सुुनुुवाइ गरेपछि अध्ययन अन्तिम चरणमा पुुगेको हो।
वातावरणीय प्रभाव मूल्यांकनका अध्ययन गर्ने टोलीका संयोजक (आईए) बलराम भट्टराईले साढे दुुई वर्षदेखि आयोजनाको सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्यांकल हुँदै आएकोमा हाल आएर अन्तिम चरणमा पुगेको जनकारी दिए।
उनले अबको ६ महिनामा आयोजनाको बाँकी टेबलका सबै काम पूरा भएर अन्तिम प्रतिवेदन विद्युत् विकास विभागमा पेस गरिने र त्यसपछि आयोजनाको निर्माणको बाटो खुल्ने बताए। यसका लागि चार वटा टोलीले आयोजना निर्माण स्थलमा पटक–पटक पुुगेर अध्ययन गरेको थियो।
यो आयोजनाबाट ६१ दशमलव ०२ मेघावाट विद्युत् उत्पादन क्षमता हुनेछ। टोलीले आयोजनाको निर्माण स्थल छनोट, उत्पादन हुने विद्युत्को क्षमता, आयोजना निर्माण हुने क्षेत्रका बासिन्दासँगको सार्वजनिक सुुनुुवाइलगायत कार्य सबै सम्पन्न गरेको र अब प्रतिवेदन तयारीको काम बाँकी रहेको र त्यो पनि चाँडै सम्पन्न गरेर विद्युत् विभागमा पेस गरिनेछ। यतिबेला विभाग र परामर्शदाताको पाँच सदस्यीय टोली हुम्लामा छ।
विभागका हाइड्रोपावर इन्जिनियर सुजन निरौलाले नाम्खा गाउँपालिका– ५ को तुम्कोटमा पावर हाउस निर्माण हुने र तुम्कोटभित्रको चट्टानी क्षेत्रमा कर्णाली नदीमा दुुई दशमलव दुुई किमि बाँध निर्माण हुने बताए।
त्यसैगरी, सोही क्षेत्रमा सात किमि लामा सुुरुङ मार्ग पनि निर्माण गर्नु पर्नेछ। उनले यो आयोजना सम्पन्न गर्न १२ अर्ब पाँच खर्ब बजेट आवश्यक रहेको जनाए।
आयोजनाका सबै खाले कामको प्रतिवेदन विभागमा पेस भए पनि आयोजना निर्माणका लागि श्रोत व्यवस्थापनको बाटो खुल्नेछ। उक्त आयोजना सम्पन्न गर्न चार वर्ष अवधि लाग्नेछ।
जलविद्युत् आयोजनाका लागि कर्णाली प्रदेश सरकारले पनि यसअघि नै लगानी गर्ने प्रतिबद्धता जनाइसकेको छ। आयोजनाको निर्माणस्थल कर्णाली करिडोरको सिमकोट हिल्सा सडकखण्डमा पर्छ।