माओवादीमा एमालेसँग मिलेर सरकार बनाउने विकल्प खुला

काठमाडौं ः नेकपा माओवादी केन्द्रले सरकार गठनका सन्दर्भमा सबै विकल्प खुला राख्ने निर्णय गरेको छ ।
पदाधिकारी बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले गठबन्धन छाड्ने निर्णय भने नगरेको बताए । उनले अन्य विकल्पमा पनि खुला रहने समेत जानकारी दिए ।
उनले अन्य विकल्पमा पनि खुला रहने समेत जानकारी दिए । बैठकमा अपेक्षा गरे अनुरुप प्रतिनिधि सभामा सीट आउन नसकेको समिक्षा भएको महराले बताए ।
बैठकपछि महासचिव देव गुरुङले अहिले गठबन्धनमै रहेकाले गठबन्धनकै सरकार गठनको पहल हुने भन्दै वार्ता र संवाद एमालेसँग पनि हुनसक्ने बताए ।
बैठकमा चुनावको प्रारम्भिक समिक्षामात्र भएकाले सरकार गठनको प्रक्रिया तथा एजेण्डाबारे छलफल नै नभएको उनले बताए ।
राजनीतिक कोर्ष जता पनि जान सक्ने भन्दै उनले गठबन्धन अहिले यथावत नै रहेको बताए । तर भावी यात्राबारे अहिले कुरा नभएको उनले प्रष्ट पारे ।





error: Content is protected !!