शैक्षिक अवस्था बुझन नगरको टिम बिद्यालयको कोठामा
सञ्जय केसी
जाजरकोट ः मंगलबार नलगाड नगरपालिकाका नगरप्रमुख डम्मर रावत , उपप्रमुख सरिता सिंह लगाएत प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरी एक्कासी भानुभक्त माध्यामिक विद्यालय नलगाड –४ मा पुग्नुभयो ।
चुनाव पछि विद्यालयको शैक्षिक क्रियाकलाप कसरी अगाडी बढेका छन् भन्दै छड्के जाँचका लागि नगरपालिकाको पुरै टिम विद्यालयमा पुग्दा त्यहाँ सबै छक्क परे । विद्यालयको कार्यालय भित्र प्रवेश नगरी नगरको टिम विद्यार्थी पढिरहेको कक्षा कोठामा प्रवेश गरेपछि कक्षा कोठामा पढाइ रहेका विषयगत शिक्षक छक्क पर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत गिरीले पालैपालो विद्यार्थीलाई प्रश्न सोधेर सही जवाफ अपेक्षा गरियो , केहीले सही दिए त केहीले, उत्तर दिन सकेनन् ।
तीन वर्ष अघि सम्मा विद्यालयको विनी सम्मा रहेका गिरी अहिले उपसचिव भएपछि नलगाड नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ । शिक्षा सम्वन्धी राम्रो ज्ञान , अनुभव प्राप्त गरेका उससचिव गिरीले विद्यार्थीको मानसिकता र शैक्षिक अवस्था कक्षा कोठामै गएर बुझेर विद्यालय प्रशासनसँग छलफल गरी बेलुकी पख पुरै नगरको टिम नगरपालिकामा फर्केको थियो । बुधबार नगरपालिकाको प्रशासकीय केन्द्र रहेको नलगाड –७ दल्लीमा रहेको पुरोनो विद्यालय त्रिभुवन माध्यमिक विद्यालयको निरीक्षण भयो ।
भानुभक्त मावि लहँको जस्तै त्रिभुवन मावि दल्लीको अवस्था देखिएपछि उपसचिव गिरीले लिखित र सामाजिक सञ्जालमा लामो सुधारको उपाय लेख्दै सुझाव समेत दिनुभएको छ । नगरप्रमुखको नेतृत्वमा पालिका भित्रका सबै मावि विद्यालयहरुको अनुगमण र अवस्था बुझेर थप सुधारको लागि निस्कर्ष निकाल्ने योजनामा नगरपालिका रहेको छ । राज्यले गरेका लगानी अनुसार प्रतिफल नआएको विषयमा समेत व्यापक छलफल भएको उपसचिव गिरीले जानकारी दिनुभयो । नलगाडमा रहेका सबै मावि , आधारभुत सँगै सबै विद्यालयको अनुगमण जारी रहेको छ ।
शिक्षा क्षेत्रमा प्रगती हुन सकेन भने मानव विकासको लागि बनेका विद्यालयहरूबाट अपेक्षित नतिजा हासिल हुन नसक्नुका साथै अझैँ धेरै पछाडी पर्ने निश्चित रहेको गिरीले बताउनुभयो । विद्यालय हरेक व्यक्तिले पहिलो प्राथमिकतामा पर्नु जरूरी रहेको यहाँको विश्लेषण छ । विद्यालयका मुख्य अभिनेता भनेका प्र अ र शिक्षक नै भएको भन्दै गिरीले ७०% भन्दा बढी भूमिका शिक्षकसँग नै जोडिने गरेको बताउनुभयो । अहिलेका नीति निर्माण तहमा पुग्नेहरु यिनै विद्यालयका उत्पादन भएकाले यसमा सबैको ध्यान पुग्नु जरुरी भएको नगरप्रमुख डम्मर रावतले बताउनुभयो ।
उपसचिव गिरीले भन्नुभयो ,‘कक्षाकोठाबाट उत्पादित जनशक्ति राज्य निर्माणका मुख्य आधार हुन । अनुगमणका क्रम्मा नगरपालिकाको टिमले विद्यार्थीहरु बस्ने कक्षाकोठाहरू व्यवस्थित बनाउनु पर्ने सुझाब दिएको छ । शिक्षा अर्जन गर्ने ठाउँ राम्रो भएन भने विकासको दिगोपन कमजोर हुने मात्र नभई धराशायी हुन जानेछ सुझाबमा दिइएको छ । हामी सुझाव दिदै गएका छौँ । कार्यान्वयन गरेर राम्रा विद्यालय , सक्षम विद्यार्थी बनाउने जिम्मा शिक्षक मित्रहरूको हुनेछ भने त्यसलाई सहयोग गर्ने काम विव्यस र अन्य सरोकारवालाहरूको हुनेछ । ’
तपाईंहरूले नजानेकै त हैन , कही कतै अध्ययन गर्दा पढेका सिद्धान्तहरू अहिले व्यवहारमा लागू गरिएनकी भन्ने मात्र हो भन्दै अधिकृत गिरीले भन्नुभयो ‘यदि नलगाडका सरहरू सबै पक्षबाट विद्यालयप्रती समर्पित भएमा विद्यालय वास्तविक विद्यालय बन्नेछन । ’
कक्षा कोठा अनुगमण केन्द्रीत बनाएको उक्त टोलीले शिक्षाका हरेक पाटाहरुको समाधान खोज्ने प्रयास गरिरहेको बताएको छ । कक्षा कोठामा शिक्षकले पढाउदा विद्यार्थीको ध्यान कता केन्द्रीत भएको छ भन्ने देखि सिद्धान्तलाई व्यवहारमा जोड्न सिक्ने कुराको भारी अध्ययन भइरहेको छ । त्यस्तै बालबालिकालाई व्यवहारिक ज्ञान आर्जनको विषयमा समेत चासो दिइएको छ । विद्यार्थीका हरेक राम्रा गतिबिधिहरु, शैक्षिक क्रियाकलापमा जोडेर अगाडी लिनुका साथै विद्यालयको भौतिक वातावरण मनोरम , आह ! भन्ने जस्तो बनाउन तर्फ समेत शिक्षकको ध्यान दिनुपर्ने शुझाव दिइएको छ ।
विद्यालयमा प्रसस्त सन्दर्भ सामग्री व्यवस्थापन गरेर विद्यालयको अवस्था अनुसार नियम , आचारसंहिताहरू निर्माण गरी लागू गर्न समेत आग्रह गरिएको छ । बालबालिकाको संमग्र विकासमा सहयोगी क्रियाकलाप र समग्र विकासमा सहयोगी हुनुका साथै विद्यालयमा सुशासनका मूख्य पक्षहरू व्यवस्थित बनाउन समेत निर्देशन दिइएको छ । बालमैत्री विद्यालय निर्माण गरी शैक्षिक आकर्षण बढाउनु पर्नेमा सुझाव दिइएको छ । अधिकतम स्थानीय स्रोत साधनको प्रयोग गरी सिकाइलाई जोड दिन समेत आग्रह गरिएको छ ।
स्थानीय सरकार सबै विद्यालयमा पुगेर त्यहाँका सबै समस्य नजिकबाट बुझेर आवश्यक कार्य योजना नबाउनु अर्को उदेश्य रहेको छ । विद्यालयका समस्यहरु विद्यार्थीको मुखबाट सुन्नका लागि कक्षा कोठामा पुग्ने गरेको उपप्रमुख सरिता सिंहले बताउनुभयो । नमुना नलगाड बनाउनका लागि पहिला शिक्षामा नमुना बन्नु पर्नेमा उहाँको जोड रहेको छ ।