प्रत्यक्षमा भारी हार बेहोरेको एमाले समानुपातिकमा पहिलो

हेमन्त केसी
सुर्खेत ः कर्णाली प्रदेशमा प्रत्यक्षमा तेस्रो आएको नेकपा एमाले समानुपातिकमा पहिलो आएको छ । मंगलबार विहान सम्माको नतिजा अनुसार कर्णालीमा नेकपा एमाले पहिलो दल भएको छ । ५ लाख ७७ हजार८२९ भोट रहेको कर्णालीमा १ लाख ८३ हजार९५० भोट ल्याएर समानुपातिकमा नेकपा एमाले पहिलो दल बनेको हो ।

त्यस्तै प्रत्यक्षमा ९ सिट ल्याएको कांग्रेसले समानुपातिकमा भने १ लाख ७० हजार ७५६ भोट ल्याएर दोस्रो भएको छ । त्यस्तै प्रत्यक्षमा ९ सिट ल्याएको नेकपा ( माओवादी केन्द्र) समानुपातिकमा तेस्रो दलको हैसियातमा खुम्चिएको छ । माओवादीले १ लाख ३७ हजार ६२९ भोट ल्याएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले ३५ हजार८२६ भोट ल्याएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले २५ हजार १८६ भोट आफ्नो पक्षमा ल्याएको छ ।

नेपाल मजदुर किसान पार्टी८हजार९९३ ,नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी)३ हजार ९९ भोट , नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीले १,८७१ भोट , राष्ट्रिय जनमोर्चा १,८३६ भोट , हाम्रो नेपाली पार्टी १,६६२ , जनता समाजवादी पार्टी, नेपाल १,१२४ , राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल ६०६ , मंगोल नेशनल अर्गनाइजेशन ५७४ , नेपाली काँग्रेस (बीपी)५३८ , विवेकशील साझा पार्टी ४८९ ,जनसमाजवादी पार्टी, नेपाल ४४५ ,नेपाली जनता दल ४२३ , नेश्‍नलिष्ट पिपल्स पार्टी ४११ , नागरिक उन्मुक्ति पार्टी ३८६ भोट ल्याएको छ ।

नेपालका लागि नेपाली पार्टी ३६० , एकल चिन्ह बच्चा काखमा लिएकी आमा (नेपाल आमा पार्टी ,नेपाल नौलो जनवादी पार्टी ,सचेत नेपाली पार्टी,नेपाल सुशासन पार्टी ) ३२६ , एकल चिन्ह गितार (सामाजिक एकता पार्टी ,नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)रनेपाल दलित पार्टी ३२० , संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ३१२ ,लोकतान्त्रिक समाजवादी पार्टी नेपाल २५४ , राष्ट्रिय जनमुक्ति पार्टी २०४ , नेपाल लोकतान्त्रिक पार्टी १४६ , बहुजन शक्ति पार्टी ६३ र नेपाल संघीय समाजवादी पार्टी ४० भोट पाएका छन् । सबै भन्दा बढी मतदाता भएको सुर्खेत र दैलेखमा माओवादी कम्जोर हुँदा अन्य दललाई बढी भोट आएको छ ।





error: Content is protected !!