उपल्लो डोल्पाबाट सुरक्षाकर्मीको उद्धार भएन

नन्दा शाही
जाजरकोट , ९ मंसिर ः उपल्लो डोल्पामा मंसिर ४ गते सुरक्षाको लागि खटिएका ११ जना सुरक्षाकर्मीलाई अझैँ उद्धार गरिएको छैन ।
चिसो तथा खानाको समस्या कारण भएर हैरानी भोगिरहेका सुरक्षाकर्मीलाई सुक्रबार गएको हेलिकोप्टरले उद्धार नगर्दा समस्या भएको हो । लामो समय सम्मा उपल्ले डोल्पामा रहेका सुरक्षाकर्मीहरु ज्यान बचाउन हैरान भइसकेको फोन मार्फत जानकारी दिइरहनुभएको छ । १३५ जना मध्य अझैँ ११ जनाको उद्धार गर्न बाँकी रहेको डोल्पाका डिएसपी निरन्ज थापाले बताउनुभयो ।
सबै भन्दा चिसो हुँने ठाउँ कु गाउँ, भिजेर र सालदाङमा सुरक्षाकर्मीहरु रहेको डिएसपी थापाले राससलाई जानकारी दिनुभयो । भोली शनिबार उद्धारका लागि प्रयास गरिने उहाँको भनाई छ ।








