जाजरकोटमा शक्ति वस्नेत झण्डै पाँच सय भोटले अगाडी

जाजरकोट , मंसिर ४ गते सम्पन्न चुनावमा मत गणना कार्य जाजरकोटमा सुरु भएको छ । नेकपा ( माओवादी केन्द्र) का शक्तिबहादुर बस्नेतले १ हजार ४११ भोट पाउनुभएको छ भने उहाँका प्रतिद्धन्द्धी नेकपा एमालेका निरज आचार्यले ९०९ पाउनुभयो ।

त्यस्तै प्रदेशसभा तर्फ १ (क) मा नेपाली काँग्रेसका बेदराज सिंहले २ हजार ७७६ ल्याउनुभएको छ । उहाँका प्रतिद्धन्दी नेकपा एमालेका डम्वरबहादुर सिंहले १ हजार ५६३ भोट पाउनुभयो । त्यस्तै १ (ख) मा कांग्रेसका राजिवविक्रम शाहले १ हजार ५६५ पाउनुभएको छ ।

उहाँका प्रतिस्पधी एमालेका खीमबहादुर शाहीले १ हजार २३६ भोट ल्याउनुभयो । यो मत परिणाम विहान ४ ः ३० बजे सार्वजानिक गरिएको हो ।





error: Content is protected !!