जहाँ सय भन्दा कम मतदाता छन्

जाजरकाेट ः भारी हिमपात भएर हेलिकोप्टरबाट मतदान सामग्री देखि कर्मचारी पठाएको उपल्लो डोल्पामा सय भन्दा कम मतदाता रहेको पाइएको छ । एकसय कम मतदाता रहेका पाँच केन्द्र रहेका छन् ।

उपल्लो डोल्पाका २२ वटा मतदान केन्द्र मध्य पाँच मतदान केन्द्रमा सयभन्दा पनि कम मतदाता रहेको हुन् । छार्काङसोङ गाउँपालिका वडा नं २ मा पर्ने आधारभूत स्वास्थ्य केन्द्र पुङ्काबगर मतदान केन्द्रमा ५० पुरुष र ३६ महिला गरेर जम्मा ८६ मतदाता छन्। डोल्पोबुद्ध गाउँपालिका वडा नं २ वडा कार्यालय कलाङ मतदान केन्द्रमा ३२ पुरुष र २६ महिला गरेर ५८ मतदाता छन्।

त्यसैगरी शे–फोक्सुण्डो गाउँपालिका वडा नं ७ मा पर्ने टासी सुम्दो आधारभूत विद्यालयल कु–गाउँ मतदान केन्द्रमा पुरुष ३५ र महिला ४४ गरेर ७९ मतदाता छन्। शे–फोक्सुण्डो गाउँपालिकाकै वडा नं ६ फोदगाउँ वडा कार्यालय मतदान केन्द्रमा पुरुष १८ र महिला १६ गरेर जम्मा ३४ मतदाता रहेका छन्। शे–फोक्सुण्डो गाउँपालिकाकै दशरथ चन्द आधारभूत विद्यालय कोमास मतदान केन्द्रमा ४७ पुरुष र ५० महिला गरेर ९७ जना मतदाता रहेका छन्।

भौगोलिक रुपमा विकट भएकाले एक गाउँबाट अर्को गाउँ पुग्न घण्टौँ समय लाग्ने भएकाले पनि थोरै मतदाताको लागि पनि छुट्टै मतदान केन्द्र व्यवस्था गरिएको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जनाएको छ। यी पाँच मतदान केन्द्रमा मतदान सुरु भएको तीन चार घण्टामै मतदान प्रक्रिया सकिने गर्छ ।





error: Content is protected !!