भोट किन्न पैसा बाँडदै गर्दा पक्राउ

जाजरकोट ः जाजरकोट कुशे गाउँपालिको पैँकमा चार जना यूवाबाट ८४ हजार रुपैयाँ नियन्त्रणमा लिइएको छ ।

भेरी नगरपालिका २ का दुइ युवा र पैँकका दुइ स्थानीय युवाहरुबाट ८४ हजार रुपैयाँ कब्जामा लिइएको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिनुभयो ।

स्वतन्त्र उम्मेदवार काग र सुर्यमा भोट हाल्न भन्दै पैसा बाँडिरहेको अवस्थामा नियन्त्रणमा लिएको अध्यक्ष बस्नेतले आरोप लगाउनुभयो ।टोल टोलमा पैसा बाँड्न नदिनका लागि संयूक्त टोली बनाइ सत्तारुढ दलका कार्यक्रताहरु परिचालित रहेको अध्यक्ष बस्नेतको भनाइ छ ।





error: Content is protected !!