पुर्वमन्त्री बस्नेतको पहल ः जडीवुटी प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा

जाजरकोट  , २९ कात्तिक ः जाजरकोट भेरी नगरपालिका –१ को धल्धामा जडीवुटी प्रशोधन केन्द्र निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । २०७८ जेठ ११ गते तत्कालिन वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले शिलान्यास गरेको उक्त भवनको काम अन्तिम चरणमा पुगेको हो । भेरी करिडोरको बीचमा पर्ने भेरी नगरपालिका–१ कालेगाउँ धल्दामा निर्माण भइहेको प्रशोधन केन्द्र निर्माणले यहाँका सर्वसाधारणलाई खुसी बनाएको बारेकोट गाउँपालिका –२ का कालिबहादुर नेपालीले बताए ।
सरकारी स्वमित्वको यो प्रशोधन केन्द्रले यहाँका धेरै सर्बसाधारणलाई रोजगारी दिनुका साथै भरी करिडोर हुँदै जिल्ला बाहिर जाने जडीवुटी जिल्ला भित्र नै प्रशोधन भएर बाहिर जाने अपेक्षा लिइएको छ । डोल्पा ,जाजरकोट र रुकुम पश्चिमका व्यापारीहरु अहिले यहाँ प्रशोधन नहुँदा लुम्विनी प्रदेशको नेपालगन्जमा लिने गरेका छन् ।
३ करोड २९ लाख रुपैँयाको लागतमा उक्त भवन निर्माण हुन लागेको हो । भवन निर्माण लगत्तै अन्य उपकरण ल्याएर जडानको काम सुरु गरिने जडीवुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले जनाएको छ । सरकारी स्वमित्वमा रहेको यो केन्द्रले जाजरकोट मात्र होइन जुम्लालाइ समेत सहयोग पुग्नेछ । जाजरकोट – जुम्ला सुरुङ मार्ग निर्माण हुन बित्तिकै जाजरकोट हुँदै कर्णालीका सर्वसाधारणहरु देशका बिभिन्न ठाउँमा जाने बाटो समेत खुल्ने छ ।
अहिले रहेको जुम्ला , कालिकोट , दैलेख हुँदै सुर्खेत जाने सडक भन्दा जाजरकोट भएर सुर्खेत नेपालगन्ज जानका लागि ७ घण्टा बाटो छोटो हुने गर्दछ । कर्णालीको सबै भन्दा बढी जडीवुटी डोल्पा , जुम्ला लगाएतका साविकको कर्णालीमा बढी पाइने गर्दछ ।
डोल्पा र रुकुम पश्चिममा उत्पादन भएको जडीवुटी समेत भेरी करिडोर हुँदै यहाँ ल्याउन सजिलो हुने गर्दछ । भेरी करिडोर नेपाल भारतको सिमाना जमुनाहबाट सुरु भएर चिनको तिव्वत सम्मा जोडिने गर्दछ । त्रिदेशीय सडकका रुपमा लिइने भेरी करिडोरको जाजरकोटबाट स्तर उन्ततीको काम अहिले सुरु भएको छ । स्तरउन्नतीको काम सम्पन्न हुन बित्तिकै सबै भन्दा बढी जडीवुटी व्यापारीका साथै आर्थिक उर्पाजनका रुपमा स्थानीयलाइ बासीलाइ पनि पर्ने छ । धल्दा रुकुम पश्चिम, सल्यान र डोल्पाको बीचमा भागमा पर्दछ ।
प्रशोधन केन्द्र बनेपछि संकलित जडीबुटीहरू प्रशोधन भई आयआर्जनमा प्रत्यक्ष फाइदा पुग्ने देखिएको छ । तीन जिल्लामा अमला, रिठ्ठा, काउलोको पात, चुत्रोको बोक्रा, पावन काउलो निकासी भएको छ । यस्तै, रातो च्याउ, अल्लो, टिमुर, काँकडसिंगो, लोक्ता, कटुकी, सुगन्धवाल, चिराइतो र काउलो, बोझो, कुरिलो, गुच्ची च्याउ, पदमचाल, तिल्याइलो, विषजरा, यार्सागुम्बु र भृंगिराज देशका अन्य स्थानका साथै चीन र भारत निकासी हुँदै आएको छ । चिराइतो, पदमचाल, कटुकी, बन लसुन सतुवा, सुनाखरी, सेतकचिनी, लोक्ता, अल्लो, सिटमुर, रिठाको संकलन तथा निकासी भएको छ । वार्षीक १० करोडको व्यापार गर्ने लक्ष्य लिइएको छ । धल्धामा अब उपकरण जडान गर्नका लागि बाँकी कामहरु सुरु हुन लागेका छन् ।





error: Content is protected !!