आहाराको अभावमा मरे चौरीगाइ र नाउर

डोल्पा / डोल्पाको शे फोक्सुण्डो गाउँपालिका –८ सागबारी ( मान्नागखिया)मा आहारा नपाएर चौँरीगाइ र नाउरहरु मरेका छन् । शे फोक्सुण्डो गाउँपालिका ८ का पेम्बा गुरूङले आफ्नो मात्र ८ वटा चौँरी मरेको बताउनुभयो ।
निकुन्जमा सेतक चिनी संकलनकत्र्ताले घास आहारा खाना नदिएर हिमालमा लखेटेपछि चौँरी र नाउर मरेको गुरुङले बताउनुभयो ।
हिमालमा भारी हिउँका कारण सबै घासहरु पुरिएकाले चौँरी र नाउरले घास खाना नपाएका कारण मरेको उहाँले जानकारी दिनुभयो ।
आफू लगाएत अन्य गाउँहरुको गरी १६ भन्दा बढी चौँरी मरेको गुरुङले जानकारी दिनुभयो । पशु चौपायले खाना नपाएर मृत्यु हुनु दुखद भएको स्थानीय बुद्धीजिवी अनुगबहादुर लामाले बताउनुभयो ।



