दुर्गम पहाडी आठ जिल्लामा पुग्यो मतपत्र

काठमाडौं निर्वाचन आयोगले गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका दुर्गम पहाडी आठ जिल्लामा मतपत्रसहितका निर्वाचन सामग्री पुर्‍याएको छ ।

गण्डकी प्रदेशको मनाङ र मुस्ताङ, कर्णालीको हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पा र सुदूरपश्चिमको बाजुराको निर्वाचन सामग्री पुगेको आयोगले जनाएको हो।

आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ५७ प्रकारका सामग्री दिनहुँ विभिन्न जिल्लामा ढुवानी गरिरहेको छ।

यीबाहेक ५१ जिल्लामा विभिन्न निर्वाचन सामग्री पठाएको आयोगले जनाएको छ। यद्यपि ती जिल्लामा सबै सामग्री ढुवानी हुन बाँकी रहेको बताइएको छ।

आयोगले निर्वाचनका लागि मतपेटिका, मतपत्र, छेकाबारा, कोरा कपडा र स्वस्तिक छापलगायत सामग्री पठाइरहेको हो।





error: Content is protected !!