प्रहरीको कुटाइबाट पुन घाइने

यात्रा शाही
जाजरकोट ः नलगाड नगरपालिका ७, दल्लीका युवाहरु र प्रहरी बीच बिवाद हुँदा प्रहरीको कुटाइबाट स्थानीय यूवा ईश्वार पुन घाइते भएका छन् ।
राती १० बजे तिहारको मनोरन्जन गरिरहेका युवा र ३ जना पोशाक सहित अन्य १५ जनाको संख्यामा रहेका प्रहरी र म्यादी प्रहरीको कुटपिट गर्दा पुन घाइते भएको स्थानीय हेमराज गिरीले जानकारी दिए । घाइते पुनका आफन्तले ईलाका प्रहरी कार्यालय दल्लीमा न्याय पाउ भन्दै जथाभावी कुटपिट गर्ने प्रहरीलाइ कारबाहीको माग सहित नाराबाजी गरेपछि राती नै प्रहरीले हवाइ फायर गरेको गिरीले बताए ।
सो घटनाले चर्को रुपमा लिन थालेपछि सदरमुकामबाट डिएसपी सन्तोष निरौला दल्ली पुगेर घटनाको सहजिकरण गरेका थिए । घाइतेको पुनको उपचार जारी रहेको छ । यत्ता प्रहरीले भने प्रहरी चौकीमा ढुंगा मुडा भएपछि हवाइ फायर गरेको दाबी गरेको छ ।



