उम्मेदवार होइन, छोरो आएझैँ लाग्छ

हेमन्त केसी
जाजरकोट , १२ कात्तिक ः बारेकोट गाउँपालिका–१ रामीडाडाँकी रामकली बुढालाई सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा ( माओवादी केन्द्र) का उपहासचिव आफ्नो गाउँमा पुग्दा आफ्नो छोरो नै पुगेझैँ लागेको बताउनुभयो ।

लिम्सामा आयोजना गरेको कार्यक्रता प्रशिक्षण कार्यक्रममा घरको कामले जान नपाएकी बुढाले आफ्नो गाउँमा बास बस्न बस्नेत आएपछि जनयुद्धमा गुमाएको छोराले घर खोज्दै आएझैँ मनमा लागेको बताउनुभयो । उहाँका छोरा कालीबहादुर बुढाको २०६१ सालमा दोहोरो भिडन्तमा परी मृत्यु भएको थियो ।

माओवादी जनमुक्ती सेनामा रहदा उहाँका छोराले सधैं गाउँमा विकास निर्माणको काम गरी संमृद्धी ल्याउने कुरा गरेको सम्झदैँ रामकलीले अहिले छोरा जिबित नभएपनि छोराको सपना बोकेर शक्ति बस्नेत गाउँ गाउँमा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो ,‘ मेरो छोराको ठाउँमा कालेगाउँको एक सामान्य किसानको छोरा मेरो छोराको सपना पुरा गर्न गाउँ , गाउँमा आउदा म आमाको मन किन खुसी नहुने ? यही परिवर्तनका लागि हामीले छोरालाई जनयूद्धमा पठाएका थियौँ । अहिले गाउँमा मोटरबाटो , टेलिफोन आएको छ । यो सबै हाम्रो छोराको बलिदानले आएको हो । ’


उहाँले पुर्वमन्त्री समेत रहेका बस्नेतको नजिकै आएर बाबु मेरो छोराको बलिदानी खेर नजाओस है , हामी तपाइलाई छोरो सम्झेर भोट हाल्छौँ बारेकोटमा राम्रो विकास भएको छ , अझैँ होस भन्नुभयो । रेडियोमा बाबुको नाम सुन्छु , त्यतिबेला मेरो छोराको नाम रेडियोमा बजेझैँ लग्छ भन्दै मनभरी खुसी लाग्ने गरेको उहाँले बस्नेतलाई सुनाउनुभयो ।

बस्नेतले तपाइको छोराको सपना पुरा गर्न नै आफू दिनरात लागिपरेको बताउनुभयो । बारेकोट –४ की सिर्जना बस्नेतले आफ्नो बाबाको सपना पुरा हुँदै गएको भन्दै प्रतिनिधिसभा सदस्यका उम्मेदवार बस्नेतलाई बारेकोटको विकासमा नै माओवादी आन्दोलनको बिजय भएको बताउनुभयो । उपमहासचिव बस्नेत गाउँ गाउँमा पुग्दा सर्बसाधारणले विकास निर्माण देखि सहिदको सपना पुरा गर्न आग्रह गर्दै फेरी पनि मन्त्री भएर आउन सल्लाह दिएका छन् ।

हामी सधैँ पछाडी परेको जिल्लावासी होइन, अब नेता सहित जिल्ला पनि अगाडी बढेको देख्ने र दुर्गम होइन सुगम जिल्लाको परिचय बदलिएको हेर्ने मन रहेको प्रतिक्रिया दिएका छन् । नेता बस्नेत जुन ठाउँमा पुगेपनि सोही ठाउँका युवा तथा सबै नागरिकले जाजरकोटको भरोसा भन्दै फुलमाला लगाएर स्वागत गर्दै छिट्टै मन्त्री भएर आउन सुझाब दिएका छन् ।

यो भन्दा अगाडी ९ महिना गृहमन्त्री , ४ महिना स्वास्थ्यमन्त्री र दुइ वर्ष भन्दा बढी समय वन मन्त्री भइसकेका बस्नेत माथिल्लो तहमा पुग्ने जाजरकोटको पहिलो राजनीतिज्ञ रहेका छन् । जिल्लाबाट सबै भन्दा माथिल्लो पदमा पुगेर धेरै पटक मन्त्री बनेका बस्नेत प्रति धेरैका भरोसा रहेको छ । बस्नेत जहाँ पुगेपनि सबै नागरिकको भरोसा मात्र बढी रहेको पाइएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताउनुभयो ।

कत्तै पनि बिवादमा नआउने र नरिसाउने स्वाच्छ क्षबी भएका बस्नेत २०२८ सालमा जन्मिएका थिए । उहाँसँग नेकपा एमालेका यूवा नेता निरज आचार्य चुनावमा भिडनुभएको छ । अघिल्लो चुनावमा बस्नेतलाइ जिताउन लागेका आचार्य पो पटक शक्ति सँग चुनावी मैदानमा भिडनु भएको छ । उहाँसँगै अर्का गैरसरकारी संस्थाको जागिर छोडेर स्वतन्त्र उम्मेदवार दिइ नरबहादुर कार्की चुनावी मैदानमा छन् ।

कांग्रेस , माओवादी र समाजवादीको साझा उम्मेदवार बनेका बस्नेत अहिले जिल्लाका सातै पालिकामा रहेका यूवा तथा आम कार्यक्रता , शुभचिन्तक सँग आन्तरिक छलफल रहेका छन् । जिल्लामा सञ्चालनमा रहेका ठुलो प्राजेक्ट , आयोजनाहरु निर्माण गर्ने दायित्व बस्नेतको काथमा रहेको भन्दै जसरी नि जित्नु पर्छ अर्का समाजसेवी तथा कांग्रेस नेता राजिवविक्रम शाहले बतानुभयो ।

प्रमुख प्रतिपक्ष भन्दा भोट संख्य बढी रहनुका साथै नीति निर्माण तहमा प्रभाव पार्ने नेतृत्व भएकाले बस्नेतलाई चुनाव लड्ने वातावरण सजिलो भएको छ । उहाँलाई टक्कर दिने अर्को नेता नभएकाले सबैका भरोसा बोकेका नेताका रुपमा आफूलाई स्थापित गर्दै लिएका बस्नेत जाजरकोट मात्र नभइ कर्णालीकै भविश्यको रुपमा लिने गरिन्छ । जाजरकोटमा मात्र माओवादीले सञ्चालन गरेको जनयुद्धमा ३ सय भन्दा बढीले ज्यान गुमाएका छन् । शान्ति प्रक्रिया यताका सबै चुनावमा माओवादीले नै जित्दै आएको छ ।





error: Content is protected !!