कुन दिशा फर्केर लगाउने भाइटीकारु

काठमाडौं ः भाइटीकाको टीका लगाउँदा दिदीबहिनी पूर्वपट्टि र दाजुभाइ पश्चिम फर्केर टीका लगाउन शुभ रहेको छ।

नेपाल पञ्चांग निर्णयक समितिका अध्यक्ष प्रा।श्रीकृष्ण अधिकारीले चन्द्रमा सन्मुख वा दाहिने पार्नुपर्ने मान्यताअनुरूप दाजुभाइ पश्चिम र दिदीबहिनी पूर्व फर्केर टीका लगाउन उपयुक्त हुने बताए।

‘वृश्चिक राशिमा चन्द्रमा रहेकाले पश्चिम फर्केर बस्दा दाहिने पर्छ’, उनले भने, ‘चन्द्रमा सन्मुख पार्दा दिदीबहिनी दक्षिण फर्किनुपर्ने भएकाले पश्चिम फर्किन निर्देश गरिएको हो।’

सामान्यतया पितृकार्यमा मात्र दक्षिण फर्किने परम्परा छ। मांगलिक कार्यमा दक्षिण फर्केर बस्नु उपयुक्त मानिँदैन। समितिले बिहीबार ११स्३७ मा भाइटीकाको उत्तम साइत रहेको बताएको छ।





error: Content is protected !!