कर्णाली सत्ता गठबन्धन ः सत्तागठबन्धन भित्र एकले अर्काको निगरानी

हेमन्त केसी
सुर्खेत , ९ कात्तिक ः मंसिर ४ गते हुने गइरहेको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य चुनावमा सत्ता गठबन्धन भित्र निगरानी सुरु भएको छ । नेपाली कांग्रेस , नेकपा (माओवादी केन्द्र) र एसका नेताहरु बीचमा एकले अर्काको निगरानी बढाएका हुन् ।

नेताहरुले सबै पार्टी भित्रको पंक्तिलाई गठबन्धनलाई भोट हाल्न र गठबन्धन भित्र रहेका दलका कार्यक्रताको निगरानी गर्न समेत सकुलर गरिएको छ । ठाउँ , ठाउँमा बागी उम्मेदवार भएपछि झन निगरानी बढेको हो । त्यस्तै कर्णाली प्रदेशका १६ जना स्वतन्त्र उम्मेदवार समेत रहेका छन् । कर्णालीका जुम्ला र कालिकोटमा माओवादी उम्मेदवार विरुद्ध माओवादीकै बागी उम्मेदवार उठ्दा झन समस्य भएको छ ।

त्यस्तै माओवादी उम्मेदवार विरुद्ध कांग्रेसको समेत बागी रहेको छ । रुकुम पश्चिममा अर्थमन्त्री जनार्दश शर्मा विरुद्ध कांग्रेसका तारक केसीले बागी हालेका छन् । कालिकोटमा पुर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही बिरुद्ध काँशीचन्द्र बरालले बगी उम्मेदवारी दिएका छन् । जुम्लामा प्रतिनिधिसभा उम्मेदवार गोमा कुवर बिरुद्धमा माओवादीकै कलबहादुर रोकायले उम्मेदवारी दिएका हुन् । प्रदेशसभा सदस्य सुर्खेत २ (२) माओवादी उम्मेदवार बिन्दमान बिष्ट बिरुद्ध एकीकृत समाजवादीका मोहनसिंह बढुवालले बगी हालेका छन् । त्यस्तै हुम्ला (१) मा माओवादी उम्मेदवार रणसिंह परियारका बिरुद्धमा हस्तबहादुर शाहीले बागी उम्मेदबारी दिएका छन् ।

त्यस्तै माओवादी बिरुद्ध कांग्रेसले समेत बागी उम्मेदवारी दिएको छ । हुम्ला ( १ ) मा रणसिंह परियारको बिरुद्धमा कांग्रेसका मंगल शाहीले बागी हालेका छन् । सुर्खेत १(२) कृष्ण जीसीको बिरुद्ध कांग्रेसका देवबहादुर चन्दले बागी दिएका छन् । मुगु (२) मा माओवादी उम्मेदवार मंगल शाही बिरुद्धमा जगत धामीले बागी उम्मेदवारी दिएका छन् ।

त्यस्तै सुर्खेतमा माओवादी उम्मेदवार बिरुद्ध १ (२) कृष्ण जीसीको बिरुद्धमा जनमोर्चाका मोहन थापाले समेत बागी उम्मेदवारी दिएका छन् । कर्णालीमा एकीकृत समाजवादीका उम्मेदार बिरुद्ध पनि बागी उठ्दा समस्य उत्पन्न भएको छ । सल्यानमा प्रकाश ज्वालाका बिरुद्धमा कांग्रेसका रबीन्द्रबहादुर शाहले बागी हालेका छन् । त्यस्तै कांग्रेस बिरुद्ध कांग्रेसकै उम्मेदबार बागी हुँदा समस्य हुँदै आएको छ । कर्णाली प्रदेश सभापति ललितजंग शाही उम्मेदवार रहेको जुम्ला प्रदेशसभा (१) मा महाधिवेशन प्रतिनिधि देवेन्द्र शाही बागी रहेका छन् । उनी ०७४ को निर्वाचनमा कांग्रेसका तर्फबाट जुम्लामा प्रतिनिधिसभा उम्मेदवार थिए ।

बागीहरुले घेरिएपछि सत्तागठबन्धनका आधिकारिक उम्मेदवार पक्षमा जनमत सिर्जना गर्नका लागि सत्तागठबन्धन भित्र एकले अर्काकोे निगरानी बढेको हो । प्रदेश स्तरमा निर्बाचन परिचालन अनुगमण समिति समेत गठन गरिएको छ । नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसीको नेतृत्वमा नौ सदस्यीय कमिटी गठन गरिएको हो । समितिमा कांग्रेसमा महामन्त्री कृष्ण रोकाय, निरञ्जन केसी, समाजवादीका ठगेन्द्र प्रकाश पुरी, कृष्णबहादुर बिसी, माओवादीका प्रदेश सचिव धनजित बहादुर शाही रहेका छन् । यस्तै राष्ट्रिय जनमोर्चामा पूर्णबहादुर शाही रहेका छन्। उक्त समितिले गठबन्धनका पक्षमा जनमत तयार गर्नका लागि समन्वयकारी भूमिका निर्वाह गर्नेछ ।

साथै गठबन्धनलाई जिताउनका लागि सहजीकरण, अनुगमन लगायतका विषयमा समन्वय गर्ने छ। नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशका इन्चार्ज कालीबहादुर मल्ल बागीलाइ निष्कृय पार्ने काम जारी रहेको बताए । शीर्ष नेताहरुको उपस्थितीमा सुर्खेतमा प्रशिक्षण तथा बैठक समेत बसेकाले केही दिनमै कारबाही , व्यस्थापन र निष्काषणका कामहरु हुने इन्चार्ज मल्लले बताए ।

जिल्ला स्तरमा समेत एकले अर्कालाई निगरानी बढाएको नेकपा ( माओवादी केन्द्र) कर्णाली प्रदेशका उपाध्यक्ष ढकबीर रानाले बताए ।





error: Content is protected !!