विमला केसीको नेतृत्वमा प्रदेशस्तरीय निर्वाचन परिचालन अनुगमन समिति गठन

सुर्खेत /कर्णाली प्रदेशमा सत्तारुढ गठबन्धनको प्रदेशस्तरीय निर्वाचन परिचालन अनुगमन समिति गठन गरिएको छ। नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसीको नेतृत्वमा नौ सदस्यीय कमिटी गठन गरिएको हो ।
समितिमा कांग्रेसमा महामन्त्री कृष्ण रोकाया, निरञ्जन केसी, समाजवादीका ठगेन्द्र प्रकाश पुरी, कृष्णबहादुर बिसी, माओवादीका प्रदेश सचिव धनजित बहादुर शाही रहेका छन् ।
यस्तै राष्ट्रिय जनमोर्चामा पूर्णबहादुर शाही रहेका छन्। उक्त समितिले गठबन्धनका पक्षमा जनमत तयार गर्नका लागि समन्वयकारी भूमिका निर्वाह गर्नेछ । साथै गठबन्धनलाई जिताउनका लागि सहजीकरण, अनुगमन लगायतका विषयमा समन्वय गर्ने छ।









