नलगाडमा नलगाड रेडियो सञ्चालन

जाजरकोट ः नलगाड नगरपालिका ४ मा रेडियो नलगाड एफएमको स्थापना गरी नियमित प्रशारणमा आएको छ । २ हजार वाट प्रसारण क्षमता भएको रेडियोको कर्णाली प्रदेशकै उच्च प्रसारण क्षमता रहेको सञ्चालक समितिले जनाएको छ । जनादेश संचार केन्द्र उक्त रेडियो सञ्चालनमा ल्याएको हो । ९६.९ मेगाहर्जमा उक्त रेडियो प्रशारण अनुमति दिइएको छ । जाजरकोटमा यो सँगै पाँच वटा रेडियोको संख्या रहेको छ । रेडियो नलगाड उच्च भागमा रहेर प्रशारण हुने रेडियो भएको छ ।

 





error: Content is protected !!