भोट हालेपछि योजना चाहिन्छ भन्दै घेराउ गरिन्छ ः मुख्यमन्त्री शाही

सुर्खेत ः बाबा , आमाले घोडा पालेर कमाएको पैसाले विदेश पढेर आएको व्यक्ति आफू भएको भन्दै कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही जनताको मर्का बुझेका बताएका छन् ।
अमेरिकामा भएको विकास कर्णालीमा भर्खरै खोजेर नपाइने जिकिर गर्दै मुख्यमन्त्री शाहीले मैले भोट हालेको छु , मलाइ योजना चाहिन्छ नत्र पखलास भन्दै घर घेरा हाल्ने जनता कर्णालीमै भएको आक्रोष पोखेका छन् । हुकुमवासीले सुकुमवासीको रुपमा काम गरिरहेको आरोप लगाउदै कर्णालीको विकास हुँन नदिने उनै भएको मुख्यमन्त्री शाहीले आरोप लगाए ।
सिधा कुरा मुख्यमन्त्री सँग भन्ने कार्यक्रममा सहभागीले उठाएका प्रश्नको उत्तर दिने क्रम्मा मुख्यमन्त्री शाहीले आफू मुख्यमन्त्री भएपछि समय, सुशासन लगाएतका कुरामा पुरा काम गरेको बताए । मुख्यमन्त्री शाहीलाई ९ जिल्लामा केही निर्माण हुनु नपर्ने तर सुर्खेतमा मात्र सबै कुरा निर्माण हुनुपर्ने भन्दै सबै ठाउँमा सुविधायुक्त स्वास्थ्य संस्था देखि अन्य सुविधा हुनुपर्ने माग सहभागीले गरेका थिए । सहभागी दिपेन्द्र विसीले प्रदेशको औचित्य छैन किन भन्नुभयो ? भन्दै मुख्यमन्त्री शाहीलाई प्रश्न गरेका थिए । मुख्यमन्त्री शाहीले कर्णालीमा को सरुवा हुन्छ , को आउछ अनि को जान्छ थाहा नै हुँदैन भन्दै मैले प्रदेशको काम हुँदैन भनेर जवाफ दिएको जिकिर गरे ।

त्यस्तै प्रमुख प्रतिपक्ष दलका नेता यमलाल कडेललाई प्रश्नकत्र्ता पुर्ण अधिकारीले तपाई चुनाव जितेपछि कति पटक मतदाता कहाँ पुग्नुभयो भन्दै मुख्यमन्त्रीको सपनामा दौडिदा जनताको माझमा एक पटक नआएको आरोप लगाए । उत्ता कँडेलले मुख्यमन्त्रीको दौडमा नभई विकास खाने प्रदेशका विरुद्धमा लागेका बताए । मेरो पक्षमा बोल्ने मिडिया नै मैले भेटिन भन्दै कडेलले सरकारको के विरोध गर्नु भन्ने आक्रोष पोखेका छन् । नाम मात्र सेतो सुनको प्रदेश भएको काम केही पनि नभएको विश्लेषक पिताम्वर ढकालले सबै मिलेर अगाडी बढ्न आग्रह गरे ।










