चाडपर्वमा ः कर्णालीमा ४ हजार बढी प्रहरी परिचालित

सुर्खेत ः ठुला चाड पर्वहरु नजिकिएसँगै हुन सक्ने अपराधिक गतिविधि नियन्त्रण गर्न कर्णालीमा ४ हजारभन्दा धेरै प्रहरी खटाइएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयले चाड पर्व सुरक्षा योजना २०७९ जारी गर्दै हुन सक्ने अपराधिक घटना नियन्त्रणका लागि प्रदेशभर ४ हजार एक सय ४१ जना प्रहरी जनशक्ति खटाईएको जनाएको हो ।
यसैबिच, चाडपर्वको अवसरमा हुन सक्ने अपराधिक गतिविधीहरुको शंकास्पद सम्भावित स्थानमा पहिचान गरी त्यस्ता स्थानहरुमा तालिम प्राप्त जनशक्ति सहित जाँचको व्यवस्था गरिने छ ।
प्रदेश प्रहरीले जारी गरेको कार्ययोजनामा १२५ वटा नियमित क्युआरटी परिचालन गरिने छ भने ३१ स्थानमा नियमित जाँच स्थल राखिने छ ।
त्यसैगरी, ट्राफिक सहितको संयुक्त रुपमा ५३ स्थानमा आकस्मिक जाँच, चोरी, तस्करी, लागु औषध कारोबार लगायतका अवैध गतिविधी नियन्त्रण गर्न १८ स्थानमा जाँच गरिने छ ।
त्यसैगरी, झै–झगडा, जुवा तास, चोरी लुटपाट, मा.प.से.नियन्त्रणका लागि ८६ स्थानमा चेकिङ हुने छ भने २६ ठाउँमा नागरिक सहायता कक्ष स्थापना गरिने छ ।
यसैबिच, सम्पतिको सुरक्षा, जनधनको सुरक्षा उपभोक्ताको अधिकार, महिला बालबालिका, अपाङ्ग एवं जेष्ठ, नागरिकको सुरक्षाको अधिकारलाई सुनिश्चित गर्न प्रहरी सतत्पर रहेको कार्ययोजनामा भनिएको छ ।
चाडपर्वको समयमा गुण्डागर्दी, चोरी, लुटपाट, ठगी, जुवा तास लगायतका अपराधिक घटनाहरु हुन सक्नेतर्फ प्रहरी सचेत रहेको पनि कार्ययोजनामा उल्लेख गरिएको छ ।
असोज ९ गतेदेखि लागु हुने कार्ययोजनामा भनिएको छ, “कर्णाली प्रदेश अन्तर्गतका जिल्लाहरुको सुरक्षा व्यवस्थालाई भरपर्दो, विश्वसनिय र सुदृढ बनाई आम नागरिगको जनजीवन सामान्य तुल्याउन बैक तथा वित्तिय संघसंस्थाहरुमा हुने कारोबार सुरक्षित गराउन, बिभिन्न गन्तव्य सम्म जाने यात्रुहरु समेत लाई पुर्ण सुरक्षाको प्रत्याभूति दिलाउन र कुनै पनि किसिमको अप्रिय घटना हुन नदिन योजनाबद्ध प्रहरी परिचालन, अनुगमन, नियन्त्रण आवश्यक भएको सुरक्षा मापदण्ड समेतलाई लक्षित गरी यस प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहतका जिल्लाहरुमासुरक्षा योजना बनाई लागु गरिएको छ ।”
चार्डपर्वको नाममा हुन सक्ने सबै प्रकारका अवान्छित÷अपराधिक क्रियाकलापहरु रोकथाम तथा नियन्त्रण गर्दै नागरिकले सुरक्षित र उल्लासका साथ चार्डपर्व मनाउने विश्व सनीय वातावरण निर्माण गर्न कार्ययोजना तयार गरिएको हो ।










