न्युन तलबमा काम गर्दै स्वास्थ्यका कर्मचारी

जाजरकोट / दैनिक चुलिदो महंगी ,बढ्दो आवश्यकता पनि स्वास्थ्य सेवा कार्यालयका कर्मचारीहरु न्युन तलबमा काम गर्न बाध्य भएका छन् । दैनिक १२ घण्टा काम गर्ने कर्मचारी तथा स्वास्थ्यकर्मीहरु न्युन तलबमा काम गर्दा घर खर्च समेत नपुगेको पीडा पोखिरहेका छन् ।

स्वास्थ्य कार्यालयमा कार्यरत ८ जना कर्मचारी तथा स्वास्थ्यकर्मीको तलव १३ हजार ५०० देखि २३ हजार ५०० सम्मा तलबको भरमा १२ घण्टा काम गर्न बाध्य भएको बताएका छन् । अस्पताल विकास समितिलाई तलब बढाउन पटक ,पटक माग गरेपनि मागको सुनुवाई नभएको ति कर्मचारीहरु पीडा सुनाउछन् । स्वास्थ्य सेवा कार्यालयमा कार्यरत अहेब लालबहादुर वस्नेतले मासिक रुपमा १३५०० तलब बुझदै आएका छन् । उनी दैनिक स्वास्थ्य सेवा कार्यालयमा १२ घण्टा काम गर्छन । त्यस्तै अर्की बिनिता सिंहको पीडा पनि कम छैन ।


१२ घण्टा भन्दा बढी काम लगाएर सिंहलाई पनि १३५०० तलब दिने गरिन्छ । दैनिक अस्पताल तथा स्वास्थ्य सेवा कार्यालयको सरसफाई देखि अन्य काम गर्दै आएका कार्यालय सहयोगी रमेश ओलीको १५ हजार , धना शाहीको १३हजार र करबीर नेपालीको १३ हजार तलव बुझदै आएका छन् । त्यस्तै लेखा सहायकमा कार्यरत गोविन्द चन्दले १५ हजार , फाम्रेसी निराजन शाहीले मासिक २३ हजार ५०० तलब बुझने गरेका छन् । ल्याप असिष्टेन्ट कमला रावलले १३ हजार ५०० बुझदै आएकी छिन । यि स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तोकिएको समय भन्दा बढी काम गराएपनि भत्ता समेत नदिने गरेको पाइएको छ ।

दैनिक तोकिएको भन्दा भारी मात्रामा काम गर्नुपर्ने तर सेवा सुविधा भने निकै कम हुँदा आफूहरु मर्कामा परेको  स्वास्थ्यकर्मीहरुको भनाई छ । ५ वर्ष देखि उनीहरुलाई श्रम शोषण हुँदै आएको पीडितको भनाई छ । ५० शश्याको स्वास्थ्य सेवा कार्यालयमा कार्यरत कर्मचारीहरुको यो अवस्थाले जाजरकोट स्वास्थ्य सेवाको परिचय कस्तो देला ? प्रश्न उठीरहेको छ । बिरामीको पुर्जी सुरुमा १० रुपैयाँ लगाएको कार्यालयले अहिले ५० रुपैयाँ शुल्क लिएर दिदै आएको छ ।

स्वास्थ्य सेवा कार्यालयमा काम गर्दा समेत व्यक्तिगत पोशाक लगाएर काम गरिरहेको पीडितले बताएका छन् । महंगी भत्ता र दुर्गमको सेवा अन्य कर्मचारीले पाएपनि ५ वर्ष देखि स्वास्थ्य सेवा कार्यालयमा कार्यरत यि ८ जनाले केही पनि नपाएको बताएका छन् ।

उता अस्पताल विकास समितिका अध्यक्ष डम्वर सिंहले पोशाक भत्ता दिने निर्णय भइसकेको बताउदै कार्य सम्पादन मुल्यांकनका आधारमा तलव,भत्ता बढाउने नीति लिएको बताउनुभयो ।





error: Content is protected !!