नलगाडमै अब आँखा , कानको उपचार सुरु

जाजरकोट ः नलगाड नगरपालिकामै अब आँखा र कानको उपचार हुने भएको छ । आज नगरपालिकाले एक औपचारिक कार्यक्रम गरी आँखा र कानको औपचारिक सुरुवात गरेको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिनुभयो ।

सदरमुकाममा मात्र केन्द्रीत रहेको आँखा र कानको उपचार अब नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीबाट पनि सुरु गरिएको उहाँले जानकारी दिनुभयो । नेपाल रेडक्रसद्धारा सदरमुकाममा वषौँ अघि देखि आँखा र कानको सेवा प्रवाह हुँदै आएको थियो । आज औपचारिक रुपमा सुरु भएको उक्त सेवा पुर्व नगरप्रमुख टेकबहादुर रावलले आँखा जाँच गरेर सुरुवात गरिएको छ ।





error: Content is protected !!