नलगाडद्धारा रेविज विरुद्ध कुकुर ,विरालोलाई खोप

जाजरकोट ः नलगाड नगरपालिकाले रेविज विरुद्ध पालिका भित्रका सबै कुकुर ,विरालालाई खोप लगाउन सुरु गरेको छ । पालिका भरीका कुकुर ,विरालोलाई पायक पर्ने ठाउँमा ल्याएर खोप लगाउन नगरपालिकाले आग्रह गरेको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिनुभयो । असोज ४ देखि असोज १० गते सम्मा रेविज विरुद्धको खोप लगाउन सुरु गरिएको उहाँले जानकारी दिनुभयो । एक स्वास्थ्य , शुन्य मृत्यु भन्ने मुल नाराका साथ पालिका भरीका कुकुर ,विरालोलाई खोप दिन लागिएको हो ।

 





error: Content is protected !!