एमालेले संसदमा जनार्दन शर्माको जवाफ नसुन्ने

काठमाडौं ः नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको जवाफ नसुन्ने भएको छ। बजेट विवादमा मुछिएपछि संसदबाट आफ्नो धारणा राख्ने तयारी गरिरहेका अर्थमन्त्री शर्माको जवाफ नसुन्ने र बहिस्कार गर्ने निर्णय भएको हो। एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्री शर्मा बोल्ने भएपछि संसदमा अवरोध गर्ने निर्णय भएको जानकारी दिए।

माओवादी केन्द्र भने बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे छानविनका लागि संसदीय समिति बनाउन तयार देखिएको छ। आजको संसद बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आफ्ना कुरा राखेपछि छानविन समिति गठन गर्न माओवादी केन्द्र तयार भएको हो।

तर प्रमुख प्रतिपक्षी नेकपा एमालेले अर्थमन्त्री शर्मालाई बहिस्कार गर्दै आएकाले छानविन समिति गठनका लागि माओवादी नेताहरुले एमालेसँग छलफल गर्न चाहेका छन्।

संसदमा बजेट प्रस्तुत गर्नुभन्दा अघिल्लो दिन अनधिकृत व्यक्तिलाई संलग्न गराई करका दर हेरफेर गरिएको भन्दै नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्दै आएको छ।





error: Content is protected !!