आठ बजे सुरु भयो जाजरकोट प्रशासनको काम


जाजरकोट ः सेवाग्राहीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय ,जाजरकोटले विहान आठ बजे देखि सुरु गरेको छ । राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्रहीको संख्या ठुलो माात्रामा आएपछि विहानै देखि सेवा दिन थालिएको सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले बताए ।
सेवाग्रहीको चाहना अनुसार नै सेवा विहानैबाट सुरु गरिएकाले काममा ढिला नहुने समेत उनले बताए । पछिल्लो समय राष्ट्रिय परिचयपत्र बनाउनेको संख्या ठुलो रहेको छ । राहदानी बनाउका लागि राष्ट्रिय परिचयपत्र अनिबार्य भएपछि सेवा लिनको चाप बढेको हो । 











