जहाज नआउने विमानस्थल निर्माण गर्न बजेट

सुर्खेत ः करिव तीन वर्ष देखि बन्द भएको रुकुम पश्चिमको चौरजहारी नगरपालिका– १ स्थित विमान स्थल स्तरोन्नती गर्ने भनि बजेट बिनियोजन गरिएको छ । यात्रु नपाएर बन्द गरिएको विमानस्थल सामग्री समेत नेपालगन्ज लिएर राखिएको थियो । कर्मचारी समेत कटौती गरि अन्य विमानस्थलमा राखिएको थियो ।

आगामी आर्थिक वर्ष २०७९/ ८० को वार्षिक बजेटमा विमानस्थल स्तरोन्नति गर्ने बजेट छुट्याइएको छ । विमानस्थललाई बढाउने भन्दै बजेट विनियोजन गरिएको हो ।

देशका अरू विभिन्न विमानस्थलको स्तरोन्नति तथा निर्माण गर्न भन्दै १२ अर्ब २४ करोड बजेट विनियोजन गरिएको छ । यसै बजेटबाट चौरजहारी विमानस्थलको पनि स्तरोन्नति हुनेछ । हालको भन्दा ठूलो विमानस्थल बनाइनेछ । यो विमानस्थल जिल्लाको पुरानो विमानस्थल हो । जिल्लामा यो सहित दुई विमानस्थल छन । चौरजहारी विमानस्थल २०२८ मा बनाएर सञ्चालनमा ल्याइएको थियो ।

रुकुम, सल्यान र जाजरकोट जिल्लालाई लक्षित गरी चौरजहारीमा विमानस्थल बनाइएको थियो । २०७० फागुनदेखि २०७२ भदौसम्म धावनमार्ग कालोपत्र गरिएको थियो । ५ करोड ५९ लाख ४९ हजार ९ सय ५२ रुपैयाँको लागतमा विमानस्थलको धावनमार्ग कालोपत्र गरिएको थियो । विमानस्थलको स्तरोन्नति भएपछि यहाँ विमान आउन कम भए ।

विमानस्थलमा जहाज नआउने तर स्तरोन्नती मात्र गरेर के गर्ने ? स्थानीयबासी राजु लामिछानेले भने । रुकुम ,जाजरकोट र सल्यान जिल्लाका लागि बनेर निर्माण गरिएको विमानस्थल अहिले व्यवारिसे जस्तै भएको छ ।

जाजरकोट खण्डमा सडक पिच भइसकेको छ भने मध्यपहाडी लोकमार्ग समेत यही विमानस्थलको छेउ भएर जान्छ । सवै भन्दा ठुलो समस्य यहाँको अस्पताललाइ भएको छ । विरामी तत्काल बाहिर पठाउन खोज्दा मुस्किल हुने गरेको चौरजहारी अस्पतालका प्रशासक दिलबहादुर गिरीले बताए । यो क्षेत्रको सबै भन्दा ठुलो यही अस्पताल हो ।





error: Content is protected !!