कर्णालीमा दश जिल्लामा कुन पार्टीको जिसस बन्दैछ ?

सुर्खेत ,२४ जेठ ः मुख्य निर्वाचन अधिकृतको कार्यालयहरुले जिल्ला समन्वय समिति (जिसस)को निर्वाचन प्रक्रिया सुरु गरेका छन् । स्थानीय तह अन्तर्गत पालिकाहरूको निर्वाचन प्रक्रिया सम्पन्न भएपछि जिससको नेतृत्वका लागि मतदान हुँदैछ ।
जिससको नेतृत्वका लागि प्रमुख पाटी नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले र एकीकृत समाजवादी पार्टीको जिल्ला अनुसार जिल्ला समन्वय प्रमुख तथा उपप्रमुख पदमा दावीसहित स्थानीय गठबन्धन निर्माणमा जुटेका छन् । ५ दलिय सत्ता गठबन्धनले जिससमा पनि गठबन्धनलाइ निरन्तरता दिने प्रदेशबाट निर्देशन जारी गरेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय सुर्खेतका अनुसार मतदाता नामावली प्रकाशन गर्ने, सोमबार मतदाता नामावली सच्याउने वा छुट नाम समावेश गर्न दरखास्त दिने, संशोधित नामावली प्रकाशन गर्ने, मतदाताको दाबी–विरोधमा उजुरी दिने, उजुरी उपर जाँचबुझ गर्ने, अन्तिम नामावली प्रकाशन गरिनेछ । जिल्लागत प्रमुख राजनीतिक दलहरुको मतभार र सिट संख्याको विवरण तल उल्लेख गरिएको छ ।
हुम्ला
कुल स्थानीय तह–७
गाउँपालिका संख्या–७
कुल जनसंख्या–५५,४९६
पुरुष जनसंख्या– २७,९८२
महिला जनसंख्या– २७,५१४
हुम्लामा कांग्रेसले ३ र माओवादी केन्द्रले ३ प्रमुख पद जितेको छ । माओवादीले ताजाकोट गाउँपालिका, नाम्खा गाउँपालिका र सिमकोट गाँउपालिका प्रमुख पद जितेको हो भने नेपाली कांग्रेस अदानचुली गाउँपालिका, खार्पूनाथ गाउँपालिका र सर्केगाढ गाउँपालिका प्रमुख पद पाएको छ । स्वतन्त्रतर्फ चंखेली गाउँपालिकाका प्रमुख निर्वाचित भएका छन् ।
मुगु
कुल स्थानीय तह ४
नगरपालिका संख्या १
गाउँपालिका संख्या ३
कुल जनसंख्या ६६,६५८
पुरुष जनसंख्या ३३,४४८
महिला जनसंख्या ३३,२१०
कांग्रेसले २, माओवादी केन्द्रले र नेकपा एसले १–१ पालिकाको नेतृत्व लिएका छन् । माओवादीले खत्याड गाउँपालिका र नेकपा एस सोरु गाउँपालिकाको नेतृत्वमा विजयी भएको छ । कांग्रेस छायाँनाथ नगरपालिका, मुगुम कार्मारोङग गाउँपालिका विजयी भएको हो ।
जुम्ला
कुल स्थानीय तह–८
नगरपालिका संख्या–१
गाउँपालिका संख्या–७
कुल जनसंख्या १,१९,३७७
पुरुष जनसंख्या ५९,८३६
महिला जनसंख्या ५९,८३६
यो जिल्लामा नेपाली कांग्रेसले ५ र माओवादीले २ प्रमुख पद जितेको छ । कांग्रेसले कनकासुन्दरी गाउँपालिका, गुठीचौर गाउँपालिका, तातोपानी गाउँपालिका, पातारासी गाउँपालिका र हिमा गाउँपालिका प्रमुखमा विजयी भएको छ । यस्तै माओवादी तिला गाउँपालिका र सिंजा गाउँपालिका पद जितेको छ । चन्दननाथ नगरपालिका स्वतन्त्र उम्मेदवारले जितेका हुन् ।
कालिकोट
कुल स्थानीय तह ९
नगरपालिका संख्या ३
गाउँपालिका संख्या ६
कुल जनसंख्या १,४४,९१७
पुरुष जनसंख्या ७२,२४३
महिला जनसंख्या ७२,६७४
माओवादी केन्द्रले ५ प्रमुख पद जितेको छ । कांग्रेसले २ र स्वतन्त्रले २ प्रमुख पद जितेको हो । माओवादी केन्द्र रास्कोट नगरपालिका, पञ्चालझरना गाउँपालिका, पताला गाउँपालिका, महाबै गाउँपालिका, शुक्ला कालिका गाउँपालिका प्रमुख निर्वाचित भएका छन् ।
स्वतन्त्रले खाँडाचक्र नगरपालिका र सान्नी त्रिवेणी गाउँपालिकामा प्रमुख निर्वाचित भएका छन् । यस्तै नेपाली काँग्रेस तिलागुफा नगरपालिका र नरहरिनाथ गाउँपालिका जितेको छ ।
डोल्पा
कुल स्थानीय तह–८
नगरपालिका संख्या–२
गाउँपालिका संख्या– ६४२,९५९
पुरुष जनसंख्या– २१,२७६
महिला जनसंख्या– २१,६८३
नेकपा एसले २, माओवादीले २ एमालेले २, कांग्रेस १ र स्वतन्त्रतर्फ १ जनाले पालिका नेतृत्वको पद जितेका छन् । नेकपा एसले काइके गाउँपालिका र छार्का ताङसोङ गाउँपालिका प्रमुख भएका छन् ।
माओवादी केन्द्र जगदुल्ला गाउँपालिका मुडकेचुला गाउँपालिका र कांग्रेस ठूलीभेरी नगरपालिका यस्तै स्वतन्त्रबाट डोल्पाबुद्ध गाउँपालिका प्रमुख निर्वाचित भएका छन् ।
एमाले त्रिपुरा सुन्दरी नगरपालिका र से–फोक्सुण्डो गाउँपालिकाको प्रमुखमा विजयी भएका छन् । कांग्रेसले ठुलीभेरी नगरपालिकामा प्रमुख जितेको हो ।
पश्चिम रुकुम
कुल स्थानीय तह– ६
नगरपालिका संख्या– ३
गाउँपालिका संख्या– ३
कुल जनसंख्या– १,६६,३५४
पुरुष जनसंख्या– ८१,०६३
महिला जनसंख्या– ८५,२९१
माओवादी केन्द्रले ४ र कांग्रेसले २ प्रमुख पद जितेको छ । आठबिसकोट नगरपालिका, चौरजहारी नगरपालिका, त्रिवेणी गाउँपालिका र सानीभेरी गाउँपालिका प्रमुख जितेको हो । कांग्रेसबाट बाँफिकोट गाँउपालिका र मुसिकोट नगरपालिका नेतृत्वमा निर्वाचित भएका छन् ।
सल्यान
कुल स्थानीय तह– १०
नगरपालिका संख्या– ३
गाउँपालिका संख्या– ७
कुल जनसंख्या– २,३८,६६८
पुरुष जनसंख्या– १,१४,९५३
महिला जनसंख्या– १,२३,७१५
नेपाली कांग्रेसले ५, माओवादी केन्द्रले २ र एमाले २ र नेकपा एसले १ प्रमुख पद जितेको छ । नेपाली कांग्रेसले बागचौर नगरपालिका, कु्माख गाउँपालिका, त्रिवेणी गाउँपालिका, शारदा नगरपालिका र सिद्धकुमाख गाउँपालिका जितेको छ ।
एमालेले कालीमाटी गाउँपालिका र छत्रेश्वरी गाउँपालिका प्रमुखमा जितेको छ । माओवादीले बनगाड कुपिण्डे नगरपालिका र दार्मा गाउँपालिका, नेकपा एसले कपुरकोट गाउँपालिका प्रमुख जितेको हो ।
सुर्खेत
कुल स्थानीय तह–९
नगरपालिका संख्या–५
गाउँपालिका संख्या–४
कुल जनसंख्या–४,१७,७७६
पुरुष जनसंख्या–२,०२,०३६
महिला जनसंख्या–२,१५,७४०
जिल्लामा कांग्रेसले ४, एमालले ४ र माओवादी केन्द्रले १ प्रमुख पद जितेको छ । कांग्रेसले गुर्भाकोट नगरपालिका, पञ्चपुरी नगरपालिका, बराहताल गाउँपालिका र लेकबेँशी नगरपालिका प्रमुख पद जितेको हो ।
यस्तै एमालेले चिङाड गाउँपालिका, भेरीगंगा नगरपालिका, वीरेन्द्रनगर नगरपालिका र सिम्ता गाउँपालिकाको नेतृत्व जितेको छ । माओवादी केन्द्रले चौकुने गाउँपालिका अध्यक्ष जितेको हो ।
जाजरकोट
कुल स्थानीय तह–७
नगरपालिका संख्या–३
गाउँपालिका संख्या–४
कुल जनसंख्या–१,८९,३६५
पुरुष जनसंख्या–९३,७९५
महिला जनसंख्या–९५,५७०
नेपाली कांग्रेसले ३, एमालेले ३ र माओवादीले १ प्रमुख पद जितेको हो । कांग्रेसले कुसे गाउँपालिका, छेडागाड नगरपालिका र शिवालय गाउँपालिका जितेको छ । एमालेले जुनीचाँदे गाँउपालिका, बारेकोट गाउँपालिका र भेरी नगरपालिका प्रमुख जितेको छ । यस्तै माओवादी केन्द्रले नलगाड नगरपालिका प्रमुख पद जितेको हो ।
दैलेख
कुल स्थानीय तह–११
नगरपालिका संख्या–४
गाउँपालिका संख्या–७
कुल जनसंख्या–२,५३,३१९
पुरुष जनसंख्या–१,२१,६७५
महिला जनसंख्या–१,३१,६४४
नेपाली कांग्रेसले ५, एमालेले ४ र माओवादीले २ प्रमुख पद जितेको छ । कांग्रेसले चामुण्डाबिन्द्रा सैनी नगरपालिका, ठाटीकाधँ गाउँपालिका, दुल्लु नगरपालिका, भैरवै गाउँपालिका र महाबु गाउँपालिकामा प्रमुख जितेको छ ।
माओवादी केन्द्रले नौमुले गाउँपालिका र भगवतीमाई गाउँपालिका प्रमुद पद जितेको हो। एमालेले आठबीस नगरपालिका, गुँरास गाउँपालिका, डुँगेश्वर गाउँपालिका र नारायण नगरपालिका प्रमुख जितेको छ ।








