अहंकारी र षडयन्त्रकारी बिभिन्न भ्रम फैलाए ः माधवकुमार नेपाल

सुर्खेत , १९ जेठ ः कर्णाली प्रदेशका १० जिल्लाबाट विजयी भएका जनप्रतिनिधिलाइ बधाइ तथा प्रशिक्षण दिन सुर्खेत आउनु भएका नेकपा ( एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन परिणामलाई समीक्षा गर्दै आगामी निर्वाचनसम्म गठबन्धन कायम गरिने बताएका छन् ।

अध्यक्ष नेपालले आफू कुनै प्रकारको प्रलोभन तथा लालचमा नपर्ने पनि प्रस्ट पार्दै । अहंकारी र षडयन्त्रकारीहरुले विभिन्न खालका भ्रम फैलाइरहेको आरोप लगाए । उनले आफूलाई कुनै लालच , लोभ नभएको भन्दै उनले आगामी आर्थिक वर्षको बजेट चुनावमुखी नभएको पनि बताए ।
‘बजेट चुनावको समयमा आएको हो तर चुनावमुखी होइन,’ अनाआवश्यक कुरा गरेर समय खर्चिनेको कुरा नसुन्न समेत आग्रह गरे ।








