सल्यानमा कांग्रेस, एमाले र माओवादीको पनि जमानत जफत

सल्यान ः स्थानीय तह निर्वाचन २०७९ मा सल्यानमा प्रमुख दल कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीका कतिपय उम्मेदवारको जमानत जफत भएको छ। जिल्लाको १० पालिकामा २० पदका लागि ४६ र ८३ वडामा ४१५ पदका लागि १ हजार ४३४ मध्ये २६६ जनाको जमानत जफत भएको हो। जिल्लामा १ हजार ४४८ जनाले उम्मेदवारी दिएका थिए।

कुल सदर मतको १० प्रतिशत मत प्राप्त नहुने उम्मेदवारको जमानत जफत हुने व्यवस्था रहेको छ। नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, जनता समाजवादी पार्टीलगायत अन्य केही दल र स्वतन्त्र उम्मेदवारको पनि जमानत जफत भएको छ।

कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत दलको वडा तहका उम्मेदवारको पनि जमानत जफत भएको छ। कार्यालयका अनुसार कपुरकोट गाउँपालिकामा ५, कालिमाटी गाउँपालिकामा १५, कुमाख गाउँपालिकामा ३३, छत्रेश्वरी गाउँपालिकामा ६१, त्रिवेणी गाउँपालिकामा १९ जनाको जमानत जफत भएको छ।

दार्मा गाउँपालिकामा २९, बनगाड कुपिण्डे नगरपालिकामा ४२, बागचौर नगरपालिकामा ३४ र शारदा नगरपालिकामा २८ जना उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय सल्यानका सूचना अधिकारी तेजेन्द्र चन्दले जानकारी दिए। सिद्ध कुमाख गाउँपालिकामा भने कुनै पनि उम्मेदवारको जमानत जफत नभएको उनको भनाइ छ।

कार्यालयका अनुसार पालिका प्रमुखरअध्यक्षमा ४६, उपप्रमुखरउपाध्यक्षमा ४१, वडा अध्यक्षमा ३११, खुला सदस्यमा ५५६ जनाको उम्मेदवारी परेको थियो। दलित महिला सदस्यमा २५३, महिला सदस्यमा २६७ गरी जम्मा महिला ५७७ र पुरुष ९०३ गरी १ हजार ४८० जनाले उम्मेदवारी दिएको चन्दले बताए।





error: Content is protected !!