डोल्पामा गठबन्धन दल बीच भएन सहमती , एक्ला एक्लै चुनाव लड्ने

सुर्खेत , २ वैशाख ः आशन्न बैशाख ३० मा हुन गइरहेको चुनावमा डोल्पा स्थित गठबन्धन दलहरु बीच भएको छलफलमा सहमती नहुँँदा एक्ला एक्लै चुनाव लड्ने भएका छन् ।
भागबण्डाका लागि बसेको बैठकमा सबैले आ आफना अडान नछोडेपछि सहमती हुन नसकेको हो । केन्द्रीय निर्णय र र्सकुलर अनुसार जिल्लामा पनि सत्तासिन दलहरु गठबन्धन गरेर चुनाव लड्ने भने पनि सबैले ठुलो भाग खोजेपछि सहती नभएको कांग्रेस डोल्पाका सभापती दिपेन्द्र शाहीले बताए । नेकपा (एकीकृत समाजबादी) र नेकपा ( माओवादी केन्द्रले ) ठुलो भाग खोजेपछि सहमती नभएको कांग्रेसको आरोप छ ।
डोल्पाका ठुलीभेरी , त्रिपुरासुन्दरी , उपल्लो डोल्पामा काइके, छार्काताङसोङ, डोल्पोबुद्ध, शे फोक्सुण्डो नेकपा एमालले जितेको थियो । त्यस्तै तल्लो डोल्पाको मुड्केचुला र जगदुल्ला गाउँपालिका माओवादी केन्द्रले जितेको थियो । केही समय अघि डोल्पोबुद्ध गाउँपालिकाका बहुमत वडाध्यक्ष सहित गाउँपालिकाका अध्यक्षले माओवादी केन्द्रमा प्रवेश गरेपछि माओवादीले स्थानीय तह जित्नेको संख्या बढेको थियो । कांग्रेसले कुनै पनि स्थानीय तह जितेको थिएन । अहिले एमालेबाट फुटेर निर्माण भएको समाजबादीले एमालेकै हिस्सा माग्दा सहमती नभएको शाहीले बताए । नेपाली कांग्रेसले कत्तै पनि भाग नपाउने भएपछि सहमती हुन नसकेको कांग्रेसको भनाइ छ । प्रदेशमा हामी एक्ला एक्लै लड्ने सहमती गरेर पत्र पठाएको सभापती शाहीले बताए ।
डोल्पामा समाजबादी बलियो भएकाले माओबादी केन्द्रले र नेपाली कांग्रेसले ठुलीभेरीमा प्रमुख दिनु पर्ने र अन्य स्थानीयतहमा समेत केन्द्रीय निर्णय अनुसार पद बाँडफाड हुनुपर्ने समाजबादीका अध्यक्ष नन्दसिंह बुढाले बताए ।
नेपाली कांग्रेस,नेकपा समाजबादी र माओबादी केन्द्र बिच डोल्पामा हुने भनिएको गठबन्धन टुट्ने भएपछि एमालेलाइ फेरी सहज हुने एमालेका एक नेताले बताए । जनमत समेत भएको र २०७४ मा एमालेले जितेका सबै क्षेत्रमा समाजबादीले माग गरेको र जता एमाले बलियो छ त्यहाँ माओबादी केन्द्रलाइ दिने र जहा एमाले कम्जोर छ त्यहाँ आफू लड्ने समाजवादीको अडानले गर्दा बैठकबाट बाहिरिएको माओबादी केन्द्रका केन्द्रीय सदस्य तथा डोल्पा जिल्ला ईन्चार्ज रामलाल बिक ले जानकारी दिए ।
उनका अनुसार सबै क्षेत्रमा छोडेर बस्न नसक्ने भन्दै गठबन्धनबाट बाहिरिएको र अब स्थानीय तहको निर्वाचनको मिति समेत नजिकिएकोले एक्ला एक्लै लड्नुपर्ने अबस्था आएको तर गठबन्धन नै टुटी नसकेको छलफल जारी रहेको उनले बताए ।
स्थानीयतहको निर्वाचनमा कुनैपनि तहमा कुनैपनि पदमा सहमति नभएकोल डोल्पामा गठबन्धन नहुने भन्ने निर्णय केन्द्रीय कार्यालयमा पठाइएको हो । गठबन्धन नहुने भएपछि एमालेले भने उम्मेद्धारमा समेत फेरबदल गर्ने संकेत देखिएको छ । अन्य जिल्लाहरुमा बैठक जारी रहेकाले गठबन्धनको निर्णय सार्वजानिक भएको छैन ।








