जुम्लामा भौगोलिक दुरीका आधारमा एसइइ परीक्षा केन्द्र

जुम्ला ः जुम्लामा भौगोलिक दुरीका आधारमा एसइइ परीक्षा केन्द्र तोकिएको छ । आगामी वैशाख ९ गतेदेखि सुरु हुने एसइइ परीक्षाका लागि जिल्लामा १६ वटा परीक्षा केन्द्र तोकिएको जिल्ला शिक्षा समन्वय इकाइ जुम्लाका प्रमुख मानबहादुर कुमालले जानकारी दिए ।

उनका अनुसार ऋणमोक्ष मावि डिल्लीचौर, त्रिभुवन मावि झारज्वला, रत्नचुण्डेश्वर मावि बोहोरागाउँ, चन्दनाथ मावि खलंगा, कर्णाली मावि अनामनगर, जनता मावि महतगाउँ, दुर्गा मावि लाम्रा, हिम शिखर मावि तातोपानी, सरस्वती मावि कुडारी,सीता मावि रारालिही, भानु मावि पातरखोला, कालिका मावि तलिकुडु, राहदेव मावि मोफ्ला, भैरव मावि नराकोट, मालिका मावि धापा र कनकासुन्दरी मावि लुड्कुमा परिक्षा केन्द्र तोकिएको हो ।

यस वर्ष जुम्लामा दुई हजार ४ सय ११ जना परीक्षार्थी सहभागी हुनेछन् । नियमिततर्फ दुई हजार ३ सय ६७ र एक्जामटेड ९ग्रेडवृद्धि० तर्फ ४४ जना विद्यार्थी सहभागी हुने उनले बताए । कोरोना भाइरस महामारीका कारण विगत दुई वर्षदेखि एसइइ परीक्षा हुन सकेको थिएन । ऋणमोक्ष माध्यमिक विद्यालय डिल्लीचौर परीक्षा केन्द्रबाट १ सय ६० परीक्षार्थी सहभागी हुनेछन् । त्रिभुवन मावि झारज्वाला केन्द्रबाट १ सय ३६,रत्नचुण्डेश्वर मावि बोहोरागाउँमा २ सय ८३, चन्दनाथ मावि खलंगामा १ सय २२, कर्णाली मावि अनामनगरमा १ सय ६८ जना सहभागी हुनेछन् ।

जनता मावि महतगाउँबाट १ सय ९६, दुर्गा मावि लाम्रामा १ सय २६, हिम शिखर मावि तातोपानीबाट १ सय ५६, सरस्वती मावि कुडारीबाट १ सय, सीता मावि रारालिहीबाट १ सय, भानु मावि पातरखोला १ सय ४६, कालिका मावि तलिकुडुबाट २ सय ३८, राहदेव मावि मोफ्लामा १ सय १६, भैरव मावि नराकोटमा १ सय ६१, मालिका मावि धापामा १ सय ५७ र कनकासुन्दरी मावि लुड्कुमा २ सय ६ जना विद्यार्थी सहभागी हुनेछन् ।

परीक्षालाई शान्त, मर्यादित र अनुशासितरुपमा सम्पन्न गर्न सबैको समन्वय र सहकार्य आवश्यक रहेको प्रमुख कुमालले बताए ।





error: Content is protected !!