मन्त्रीदेखि केन्द्रीय स्तरका नेता खटिए गाउँ , गाउँमा

हेमन्त केसी
जाजरकोट / असन्न बैशाख ३० मा हुन गइरहेको स्थानीय तहको चुनावमा आफ्नो दललाइ विजयी गराउन मन्त्री देखि नेता सम्मा गाउँ गाउँ पुगेका छन् ।
स्थानीय तह स्थापना भए देखि भएका कामहरुको ब्याख्या गर्दै र टिप्पणी गदै दलका नेताहरु गाउँ गाउँमा पुगेका हुन् । नेकपा ( माओवादी केन्द्र)लाइ विजयी गराउदै भन्दै जाजरकोटको पश्चिम क्षेत्र कर्णााली प्रदेशक जलस्रोत तथा उर्जाविकासमन्त्री गणेशप्रसाद सिंह हप्ता दिनको लागि नेता,कार्यक्रता र जनतासँग घर दैलोमा भेटघाटलाइ तिब्रता दिएका छन् ।
पुर्वी क्षेत्रमा जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावल पनि छलफलमा रहेका छन् । त्यस्तै केन्द्रीय सदस्य रामदिप आचार्य गगनबहादुर खड्का पारिचालित भएका छन् । जाजरकोटमा माओवादी केन्द्रले नलगाड नगरपालिका र जुनिचाँदे गाउँपालिकामा जितेको छ । त्यस्तै बारेकोट गाउँपालिकामा उपाध्यक्ष सहित बहुमत वडाध्यक्ष माओवादीले जितेके थियो । नेकपा एमालले भेरी ,छेडागाड र शिवालय गाउँपालिकामा जितेको थियो । पार्टी विभाजन भएसँगै कम्जोर भएको अवस्थामा पुगेको छ ।
बारेकोट गाउँपालिका बाहेक अन्य ठाउँमा नेकपा एमालेको आक्रमक कार्यक्रमहरु अन्यत्र देखिएका छैनन् । बारेकोट गाउँपालिकामा प्रेस चौतारीका पुर्व केन्द्रीय उपाध्यक्ष बीरबहादुर गिरी लगाएतका नेताहरु खटिएका छन् । गिरी आफैँमा बारेकोटबासी हुन् । त्यस्तै नेपाली कांग्रेस जाजरकोटका यूवा नेताहरुलाइ परिचालन गरेको छ । युवा नेताहरुले नलगाड नगरपालिकामा केही कार्यक्रम गरेपनि अन्यत्र खासै कार्यक्रम गरेको पाइएको छैन । युवा नेतहरुले व्यक्तिगत रुपमा विपक्षी दलका नेता तथा कार्यक्रताहरुलाइ चरित्रहत्य हुने गरी भाषणबाजी गरिरहेका छन् । यसले गर्दा माओवादी र कांग्रेस बीचमा विवाद समेत ल्याएको छ ।
३५ वर्ष नकाटेका युवा नेताहरु व्यक्तिगत गाली गलोजमा उत्रिएपछि कांग्रेस भित्र खैलाबैला मचिएको छ । कांग्रेसबाट प्रकाश पन्त , छवि पन्त , किशोर मल्ल नलगाडमा न्वारण देखिको बल लगाएर खटिएका छन् । नलगाड माओवादीको पकट क्षेत्र पर्दछ । यहाँका महुमत वडा सहित मेयर र उपमेयर समेत माओवादीले जितेको छ । जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावल, कर्णाली प्रदेशसभा सदस्य तथा जलस्रोत तथा उर्जाविकासमन्त्री गणेशप्रसाद सिंह , माओवाद केन्द्र जाजरकोटका संयोजक डम्वर रावतको क्षेत्र समेत नलगाडमै रहेको छ ।
माओवादीका अधिकांश नेताहरु नलगाडकै रहेका छन् । पहिलेको भन्दा अहिले माओवादीको पकट जाजरकोटमा बढेको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए । विप्लव समुह र वैद्य समुहमा गएका सबै टिम माओवादीमा फर्केपछि र जिल्ला समन्वय समितिका उपप्रमुखले समेत कांग्रेसबाट माओवादीमा प्रवेश गरेपछि माओवादी पक्षमा माहुल बढेको छ । पुर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतको क्षेत्र समेत जाजरकोट भएकाले जाजरकोटमा चुनावी माहुल बढी तातिएको छ । त्यस्तै नेकपा (एकीकृत समाजबादी) ले समेत चुनावी प्रचारलाइ तिव्रता दिएको छ । समाजबादीले सबै भन्दा नोक्सान एमालेलाइ नै बनाएको देखिन्छ । कांग्रेस र माओवादी बलियो हुँदै गर्दा एमाले लाइ दैनिक घाटा लागिरहेको छ । पश्चिम क्षेत्रमा प्रदेशसभा सदस्य तथा एमाले नेता करबीर शाही घरदैलो गरिरहेका छन् । त्यस्तै केन्द्रीय सदस्य निरज आचार्य जाजरकोटकै रहेपनि खासै उनको प्रभाव नदेखिएको नेताहरु बताउँछन् ।
भेरी नगरपालिकाका मेयर तथा केन्द्रीय सदस्य सिपि घर्ती सहित नेकपा एमालेका चार जना केन्द्रीय सदस्य रहेका छन् । माओवादीबाट स्थायी कमिटिका सदस्य शक्तिबहादुर बस्नेत , कर्णाली प्रदेशका इन्चार्ज कालीबहादुर मल्ल , केन्द्रीय सदस्य रमदिप आचार्य लगाएत ६ जना केन्द्रीय स्तरमा राजनीति गरिरहेका छन् ।
नेपाली कांग्रेसबाट केन्द्रीय सदस्य राजिवविक्रम शाह रहेका छन् । उनी सल्यानमा चुनावी कार्यक्रममा सहभागी रहेका छन् । शाहले जाजरकोट पश्चिममा अस्वतााल निर्माण गर्छु भनि चुनावी एजेण्डा बनाएका कारण सर्वसाधारणले झुटको खेती गरिरहेको भन्दै आक्रोष समेत पोखेका छन् । माओवादीले नेतृत्व गरेको नलगाड नगरपालिकामा सबै भन्दा राम्रो विकास भएको पाइएको छ । यही क्षेत्रमा नलगाड जलविद्युत आयोजना ( ४१७ मेघावाट) , तासँुगाड जलविद्युत आयोजना (७ मेघावाट) र भेरी करिडोर समेत यही मार्गमा पर्दछ । पुर्वी क्षेत्रबाट जुम्ला जोड्ने सडकले र डोल्पा जाने सडकले समेत नलगाडलाइ छोएको छ । अहिले सम्मा देखिने काम भेरी र नलगाडमा भएको पाइन्छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा भेरी नगरपालिका नगरप्रमुख सिपि घर्ती र माओवादी नेता शक्तिबहादुर बस्नेतको क्षेत्र भेरी नगरपालिकामा भारी काम भएको छ स सदरमुकाम समेत रहेको यो पालिका पुरानै संरचना भएको मध्यमा पर्दछ । यहाँ बहुप्राविधिक शिक्षालय , फार्मेसी पढाइ , ५० शश्यको अस्पताल देखि कृषि जेटिए पढाइ समेत हुँदै आएको छ । मध्यपहाडी लोकमार्गले समेत यसलाइ छोएको छ ।
त्यस्तै लुम्विनी रारा राजमार्गको बीचमा समेत रहेको छ । जाजरकोटको तीन ठाँउबाट जुम्लालाइ जोड्ने काम भइरहेको छ ।



