जलस्रोत मन्त्रालयसँग सहकार्य गरेर अगाडी बढन मन्त्री सिंहको आग्रह

सुर्खेत ः स्थानीय तह , प्रदेश सरकार र संघीय खानेपानी तथा व्यवस्थापन आयोजना बीचमा सहकार्य गर्न जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले आग्रह गर्नुभएको छ ।
संघीय खानेपानी तथा व्यवस्थापन आयोजनाले प्रदेश सरकारसँग सहकार्य गरी अगाडी बढे मात्र काम प्रभावकारी हुँने मन्त्री सिंहले आग्रह गर्नुभयो । सुर्खेत स्थीत आयोजनाबाट कर्णालीका ६ जिल्लाको खानेपानीको समस्या हेर्दा काम गर्न गाह्रो भएको निमित्त कार्यालय प्रमुख शिव आर्यालले जानकारी दिनुभयो । बजेटको मात्रा अनुसार कामको विभाजन भएको भए काम गर्न सजिलो हुने उहाँको भनाइ छ ।
दरबन्दी अनुसारको कार्मचारी भएको भए काम गर्न सजिलो हुने समेत उहाँको भनाइ छ । २४ जनाको दरबन्दीमा अहिले अधिकांश करारका कर्मचारी भर्ना गरेर काम गर्नुपरेको कार्यालयले बताएको छ । वार्षीक बजेट ३० प्रतिशत खर्च गर्न नसक्ने संघीय खानेपानी तथा व्यवस्थापन आयोजनाले कर्णालीको समस्या देख्न नसकेको आरोप लाग्दै आएको छ । जाजरकोट , रुकुम पश्चिम , दैलेख , डोल्पा , सल्यान , सुर्खेतमा खानेपानी योजनामा काम गर्दै आएको छ । भुगोल ठुलो भएकाले कर्मचारीको अभावमा काम गर्न नसकिएको हो ।
सम्वन्धित आयोजनाबाटै डिपिआरको काम गर्न नपाइ र अन्य डिपिआर गर्ने बजेट नहुँदा योजना कार्यान्वयमा समस्या देखिएको छ । प्रदेशको जलस्रोत तथा उर्जाविकास मन्त्रालय र स्थानीय तहले समेत खानेपानीको काम गर्ने भएकाले बजेटको मात्रा अनुसार बजेट सोही निकायमा काम गर्नका लागि कार्यविभाजन भएमा छोटो समयमा सबै काम हुने मन्त्री सिंहले बताउनुभयो । कर्मचारी अभावले बजेट कार्यान्वनमै समस्य देखिनु दुखद भएको मन्त्री सिंहले बताउनुभयो ।










