अस्पताल लैजाँदै गर्दा गर्भवतीको मृत्यु

जाजरकोट /  शिवालय गाउँपालिकामा एक गर्भवती महिलाको आज ज्यान गएको छ । सुत्केरी व्यथा लागेकी वडा नं. ४ की विर्मा रावतको अत्यधिक रक्तसाव्रपछि मृत्यु भएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिनुभयो ।

अध्यक्ष शाहीले दिएको जानकारीअनुसार गाउँपालिकाको पहलमा रुकुम पश्चिमको चौरजहारी अस्पतालमा लैजाने क्रममा बीच बाटोमै मृत्यु भएको हो ।





error: Content is protected !!