रेखा थापासहित १४ जना राप्रपाको केन्द्रीय सदस्यमा मनोनित

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम १४ जनालाई केन्द्रीय कार्य समितिको सदस्य पदमा मनोनयन गरेका छन्। केन्द्रीय सदस्यमा मनोनित हुनेहरुमा रेखा थापा लगायत छन्। थापा एकता महाधिवेशनमा महामन्त्रीमा पराजित बनेकी थिइन्।

मनोनित केन्द्रीय सदस्यहरुमा लिलादेवी श्रेष्ठ इलाम, विन्दु पौडेल नवलपुर, रेखा थापा काठमाडौं, प्रेक्षा मल्ल धनुषा, मीना झा सर्लाही, सन्तोषी शाही ठकुरी सुर्खेत, स्वाती थापा रुपन्देही, पुष्पा रजौरिया कपिलवस्तु, लक्ष्मी तण्डुकार काठमाडौं, समृद्धि राणा उदयपुर, मीना न्यौपाने चितवन, शान्ति माया गुरुङ धादिङ, जयाकुमारी महतो सप्तरी र सावित्रा थापा काठमाडौं रहेका छन्।





error: Content is protected !!