लोभ लाग्दो बारेकोट र मनमोहक आहा दृश्यहरु

हेमन्त केसी
जाजरकोट ः बाढी पहिरोबाट छिया ,छिया भएको बारेकोट लयमा आएको छ । अहिले कृषकका खेतबारीमा गहुँबाली हुर्कदै गरेको छ । चारै तीर हिउँले मोडिएका सेताम्य हिमालहरु साँची बसेका छन् । सेताम्य हिमालले बारेकोटको सुन्दरतालाइ थप आहा बनाइदिएको छ । जाजरकोटबाट जुम्ला र डोल्पा जानका लागि प्रयोग गरिने रुट समेत यही रहेको छ । स्थानीय सरकार , प्रदेश सरकारका मन्त्री गणेसप्रसाद सिंह र संघीय पुर्वमन्त्री शक्तिबहादुर बस्नेतको पहलमा यहाँ अधिकांश ठाउँमा सडक , स्वास्थ्य संस्था र शिक्षा क्षेत्रमा भारी काम भएको छ ।








